मंगलवार, 31 जुलाई 2018

“व्यवसायिक पशुपालन लागि उदाहरणीय बन्दै चितवन “

चितवन। चितवन अहिले व्यवसायिक पशुपालनका लागि उदाहरणीय जिल्ला बन्दै गैरहेको छ । पशुपालन ,कुखुरापालन, माछापालन देखि मौरीपालनसम्मको व्यवसाय चितवनमा अहिले अन्य जिल्लाको तुलनामा निकै फस्टाएको छ ।
देशको केन्द्रको रुपमा रहेकोले भोलिका दिनहरुमा औद्यागिक क्षेत्र को समेत उच्च संभावना रहेको चितवनले कुखुरापालन व्यवसायको राजधानीको रुपमा पहिचान कमाई सकेको छ भने कृषिका अन्य क्षेत्रमा पनि द्रुत व्यवसायिकरणलाई अंगालेको छ । यो जिल्ला गत बर्ष मध्यमाञ्चल क्षेत्रका १९ जिल्ला मध्ये उत्कृष्ट भएको छ । पशुपालन व्यवसायमा ।
पछिल्लो समय चितवन जिल्ला निर्वाहमुखी पशुपालन बाट बिस्तारै पशुपालनको लागि अब्बल क्षेत्र बन्दै गईरहेको छ । साथै कृषकहरुको सचेतना र बढ्दो आधुनिकिकरणसंँगै पशुपालक कृषक को संख्यापनि दिनहँुं बढ्दो छ ।
हाल आधुनिक एवं व्यवसायिक बन्दै गएको गाईपालन व्यवसायले यो जिल्ला गाई श्रोत केन्द्रको रुपमा चिनिनुका साथै दूध उत्पादको राजधानीको रुपमा चिनिने उत्तिकै सम्भावना छ । त्यस्तै उन्नत जातको बाख्रापालनको व्यवसायले समेत गतिलिई बाख्राश्रोत केन्द्रको रुपमा पनि परिचित बन्दै गइरहेको चितवनका बरिष्ठ पशु चिकित्सक डा. रामकुमार कार्की बताउछन ।
जिल्लामा ५ बर्ष अघिमात्र १ अर्बमात्र लगानी भएको पशुपालन क्षेत्रमा अहिले गाईपालन र बाख्रापालनमा मात्रै ८ अर्ब भन्दा बढी लगानी भइसकेको जिल्ला पशुसेवा कार्यालय चितवनको आंँकडामा उल्लेख छ । जसमध्ये यहांँ ४० मात्रै ठुला गाइफार्महरु रहेका छन ।
सिमित भौतिक सुविधा र साधनहरुको परिधी भित्र रही बिद्यमान पशुधनको संरक्षण गर्दै स्थानीय पशुहरुमा नश्लसुधारको माध्यमबाट गुणात्मक सुधार ल्याई पशुजन्य पर्दाथको उत्पादन र उत्पादकत्व बढाउने , उत्पादन लागत घटाउने युवा स्वरोजगार कृषकहरुलाइ रोजगारीको अवसर सिर्जना गर्ने र क्रमिक रुपमा पशुपालन व्यवसायलाइ व्यवसायिकरण गर्ने उद्धेश्य रहेको पशुसेवा कार्यलयको उत्तिकै जिम्मेबारी थपिएको डा. कार्कीको भनाई छ ।
स्वस्थकर पशु जन्य उत्पादन तथा उत्पाकत्वमा बृद्धि ल्याउन पशु पंक्षीपालक कृषकहरुलाइ उत्प्रेरणा जगाउन र उपभोग्य बस्तु सम्बन्धी सर्व साधारणलाइ सुसुचित गराउन जिल्ला पशु सेवा कार्यलयबाट पशु विकासका बिभिन्न पक्ष जस्तै पशु नश्ल सुधार , पशु स्वास्थ्य सेवा ,पशु सेवा ,आहार सेवा , पशुपंक्षी बजार , बिकास सेवा ,तालिम तथा प्रसार सेवासंँग सम्बिन्धित पशु सेवा कार्यक्रमहरु जि.प.से. कार्यकर्ताहरु समेतको सहयोगमा पशुसेवा कार्यक्रम संचालन भइरहेको बरिष्ठ पशुचिकित्सक डा. कार्कीले बताए ।
यस जिल्लाको बहुसंख्यक जनताहरुको मुख्य पेशा खेतीपाती र पशुपंक्षी पालन भएको हुदा यो पेशाले ग्रामिण महिला , बेरोजगार युवाहरु तथा पिछडिएको कृषक परिवारको आय आर्जन बढाउन , रोजगारीको अवसर सिर्जना गर्न र बिदेशबाट फर्किएका युवाहरुलाइ समेत स्थापित गर्न ठुलो भुमिका खेल्दै आएको छ ।
परम्पराबादी पशुपालन गर्दै आएका किसानले कुषि तथा पशुपालनको क्षेत्रमा आएको यान्त्रीकरणले गर्दा र सरकारले कृषि तथा पशुपालन क्षेत्रको लागि अनुदानको मात्रा पनि बढाउदै गएको छ । पशुजन्य उत्पादनको बजारपनि फराकिलो हुदै गएको हंँुदा चितवन जिल्लालाई पशुजन्य उत्पादनको उत्पादन तथा बितरण केन्द्रको रुपमा स्थापित हुने संभावना पनि प्रशस्तै छ ।
दुध तथा मासुजन्य उत्पादन मा आत्मनिर्भर भइसकेकको चितवन बाट दैनिक ५० देिख ६० हजार लिटर दुध पोखरा र काठमाडौं जाने गर्दछ । साथै अबको ३ बर्ष भित्र सरकारले दुध र मासुजन्य पदार्थमा आत्मनिर्भर गराउन लिएको लक्ष्यमा चितवनको पशुपालन क्षेत्रको व्यवसायिकरणले थप आयाम ल्याउने निश्चित देखिन्छ ।
पशुपालन क्षेत्र व्यवसायिक रुपमा अगाडि बढि रहेको अवस्थामा यस क्षेत्रलाइ अझ प्रभावकारी बनाउन पनि उत्तिकै चुनौतिपुर्ण छ । बढ्दो सहरीकरण को साथसाथै भुखण्डीकरणको समस्याका कारण व्यवसायिक पशुपालन गर्नको लागि जग्गा पर्याप्त नहुनु तथा पशुपालन योग्य जमीन र घांँसखेतीको लागि पनि जग्गाभाडा महंँगो भएको छ ।
त्यस्तै पशुका लागि सरकारले ल्याएको व्याज तथा ऋणनीति धेरै प्रकृयागत झण्झट भई किसानमुखी नहुदा यस क्षेत्रका किसानहरु बिस्तारै बिस्थापित हुने हुनकी भन्ने खतरा पनि उत्तिकै बढेको पाइन्छ ।
उन्नत र उत्पादनशिल पशु संख्यामा बुद्धि गर्ने,कृषकको आयश्रोतमा बृद्धि गरी जीवनस्तर उठाउने , पशुपालन व्यवसायलाइ व्यवसायिकिकरण तर्फ उन्मुख गर्ने , स्वस्थ्य पशुबाट स्वस्थ्य पशुजन्य उत्पादनको बृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने, बेरोजगारी समस्या समाधान गरी रोजगारीको अबसर बृद्धि गर्नुका साथै पशुजन्य उत्पादनमा आधारित उद्योगको खोजी गर्ने पशु सेवा कार्यलयको दिर्घकालीन लक्ष्य तथा उद्धेश्य रहेको छ ।
यसको अलावा चितवनमा माछापालन, मौरीपालन क्षेत्रमा पनि बिस्तारै व्यवसायिकरण तर्फ उन्मुख भएको पाउंंँदछौ। ं त्यसैले जिल्ला पशु सेवा कार्यलयले पनि मासु तथा दुग्धजन्य उत्पादन बढाउनको लागि नयांँ प्रविधिको खोजी गरी कृषकलाइपनि यस क्षेत्रको बिकासको लागि अभिमुखीकरण तालिम , सचेतना, पशुमा लाग्ने रोगहरुसम्बन्धी जानकारी गराउनुका साथै प्रोत्साहित गर्नु जरुरी देखिन्छ ।
परापुर्वकालदेखि चितवनका कृषकहरुले अपनाउदै आएको पद्धतिलाई गुणात्मक रुपले परिमार्जन गरी प्रति इकाइ पशुपंक्षिको उत्पाकत्वमा गुणात्मक रुपले बृद्धि गर्न पशु पालन पद्धतिलाई गुणात्माक रुपले बृद्धि गर्न नश्ल सुधार , बथान व्यवस्थापन , पशु आहारको व्यवस्थापन , पशु स्वास्थ्य व्यवस्थापन र उत्पादित पशुजन्य पदार्थको बजार तथा प्रशोधन सम्बन्धी जस्ता प्राबिधिक सेवाहरु उपलब्ध गराउन यस कार्यलयको बिं सं २०२० सालमा पशु सेवा औषधालयको रुपमा स्थापना भई आ.ब. २०४५÷२०४६ सालदेखि जिल्ला पशु सेवा कार्यलयमा परिणत भई हाल यस कार्यलय अन्र्तगत पशु सेवा केन्द्र (क) ६ र पशु सेवा केन्द्र (ख) ८ गरी १४ वटा गरी कार्यालयको शाखाको रुपमा छन ।
दूध र मासुको उत्पादन बढ्यो।
चितवनमा दूध र मासुको उत्पादन बढेको छ । सरकारले युवा लक्षित कार्यक्रममार्फत किसानलाई अनुदान दिन थालेपछि दूध र मासुको उत्पादन बढेको हो । जिल्ला पशु सेवा कार्यालय चितवनमार्फत किसानलाई अनुदान वितरण गरिएको छ । मासुका लागि खसीबोका बंगुरदेखि दूधका लागि गाईभंैसी पाल्नेसम्मले पाएको अनुदानलाई प्रभावकारी रुपमा प्रयोगमा आएको छ । चितवनमा आर्थिक वर्ष ०७२÷०७३ मा गाईभंैसीका लागि २० जनालाई ३३ लाख रुपैयाँ, बाख्राको लागि ४ जनालाई ८ लाख रुपैयाँ, बंगुरपालनमा ६ जनालाई १४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको तथ्याङक छ ।
यस्तै, २०७१÷०७२ मा गाईभंैसीमा २३ जनालाई ४१ लख रुपैयाँ, बंगुरमा ५ जनालाई ५ लाख रुपैयाँ र बाख्रामा ६ जना वा संस्थालाई ११ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । अनुदानसँगै दूध र मासुको उत्पादन पनि बढेर गएको देखिन्छ । कार्यालयका अनुसार चितवनमा २०७२÷७३ मा ८७ हजार ७९७ मेट्रिक टन दूध र २० हजार ५६५ मेट्रिक टन मासु उत्पादन भएको छ । यो संख्या अघिल्लो आर्थिक वर्ष ०७१÷७२ मा कमी छ । कार्यालयका अनुसार गएको आर्थिक वर्षमा ८७ हजार ७७ मेट्रिक टन दूध र २० हजार ४२९ मेट्रिक टन मासु उत्पादन भएको छ ।
आर्थिक वर्ष २०७०÷७१ मा ८२ हजार ९३० मेट्रिक टन दूध र १८ हजार ८१७ मेट्रिक टन मासु, २०६९÷७० मा ७९ हजार ५१५ मेट्रिक टन दूध र १९ हजार ३३० मेट्रिक टन मासु उत्पादन भएको तथ्याङ्क जिल्ला पशु सेवा कार्यालयसँग छ ।
‘अनुदान केही अपवादबाहेक प्रभावकारी रुपमा देखिएको छ’ जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रामकुमार कार्कीले भने, ‘अनुदानले जिल्लामा मासु र दूधको उत्पादन बढाएको छ ।’ कार्यालयका प्रमुख डा. कार्कीले अनुदानले पशुको मासु दूधको उत्पादन बढाएसँगै विदेशबाट फर्किएकाहरुलाई स्वदेशमै काम गर्ने उत्साह जागेको बताए ।
‘यो कार्यक्रमकोे प्रमुख लक्ष्य विदेश जान चाहने युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन कृषि पेशामा लगाउने हो । विदेश नै जान खुट्टा उचालेकालाई त यो अनुदानले रोक्न सकेको छैन तर विदेशबाट फर्केकाहरुले अनुदान लिएर राम्रो काम गरिरहेका छन’ डा. कार्कीले भने । उनले अनुदान कार्यक्रमले किसानलाई पशु बिमा गर्ने, व्यावसायिक रुपमा घाँसपालन गर्नेजस्ता कार्यहरुमा पनि उत्साह थपेको जनाए ।

आत्मनिर्भर र निर्यातमुखी कृषि

कृषिमा व्यवसायीकरण आजको आवश्यकता हो। हाम्रोजस्तो कृषिका लागि अनुकूल माटो, वातावरण र हावापानी भएको ठाउँमा पनि कृषि विकासका नयाँ रणनीति र कार्ययोजना बनाउन सकिएन। व्यावसायिक कृषि कार्यक्रम बनाएर उत्पादन बढाउन सकिएन। देशलाई कृषिउपजमा आत्मनिर्भर मात्र गराउन पनि सकिएन भने कसरी कृषिउपज निर्यात गरेर देश विकास गर्न सकिएला ? हाम्रो देशमा कृषि उत्पादनबाहेक सहज निर्यातयोग्य वस्तु अरू के हुन सक्ला ? त्यसैले तत्काल कृषि पेसालाई व्यवसायीकरण गरी रोजगार सिर्जना र उत्पादकत्व वृद्धिसँगै निर्यातयोग्य उत्पादन बनाउनु जरुरी छ।
जसले रोजगार सिर्जना गर्छ, उत्पादन वृद्धि गर्छ, दक्ष जनशक्ति पलायन हुनबाट रोक्छ, समृद्धितर्फ देश प्रवेश गराउँछ, ऊ नै राष्ट्रवादी हो। साँच्चिकै देश समुन्नत बनाउने सरकारको मनसाय छ भने कृषिमा उत्पादकत्व वृद्धि गर्नुपर्छ, उत्पादकत्व वृद्धि गर्न कृषिमैत्री नीति कार्यक्रम हुनैपर्छ। कृषि विकासमा हाल रहेका ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ जोनवाला कार्यक्रम र ‘एडिएस’ का कर्यक्रमले मात्र पुग्दैन। त्यसमा कृषिउपज वृद्धि गर्ने भनिएको छ, तर किसान प्रोत्साहनका कुनै विषयवस्तु समावेश गरिएको छैन, अब कृषि कर्म गर भनेर मात्र हुन्न। त्यसले जीवन निर्वाह मात्र गरेर पनि हुन्न, व्यवसाय र व्यावसायिकतासँगै देशको खाद्यान्न, दूध, तरकारी, माछा र मासुको अभावलाई समेत सम्बोधन गर्न सक्ने हुनुपर्छ।
आज पनि अर्बौंको खाद्यान्न, दूध, तरकारी, माछा मासुलगायतका कृषि र पशुपक्षीजन्य उत्पादन छिमेकी मित्रराष्ट्र तथा विदेशबाट आयात भइरहँदा नेपाली कृषक भने दिनदिनै कृषि पेसाबाटै पलायन भइरहेका छन्। रासायनिक मलका कारण जमिनको उत्पादन शक्ति ह्रास हुँदै गएको छ। कृषि तथा पशुजन्य उत्पादन घट्दै गइरहेको छ। परम्परागत निर्वाहमुखी कृषिभन्दा आधुनिक र व्यावसायिक कृषिलाई राज्यले प्रोत्साहित गर्नुपर्छ। प्रांगारिक मलको सुव्यवस्था गरी कृषि उत्पादनलाई रासायनिक मल र विषादीरहित गराउँदै कृषि पशुपक्षी उत्पादनमा आधुनिकीकरण र अर्गानिकीकरण गराउन जरुरी छ।
जापानजस्तो ठूलो देशको जम्मा तीन प्रतिशत जनसंख्याले मात्र कृषि पशुपालनमा देशलाई आत्मनिर्भर गराएको छ भने अमेरिकामा जम्मा आठ प्रतिशतले मात्र कृषि कर्म गरेर देशलाई कृषि उत्पादनमा आत्मनिर्भर गराएका छन्। त्यस्तै चीनका १० प्रतिशत जनताले मात्र कृषि गरेर देश आत्मनिर्भर बनेको छ। आज हाम्रो देशमा न कृषि उत्पादनले बजार पाएको छ न कृषिउपजका उपभोक्ताले अनुकूल बजार पाएका छन्। कृषि विकासका लागि राज्यले कृषिउपजको उचित संकलन, प्रशोधन, भण्डारण, बिक्रीवितरण गर्ने व्यवस्था अझै मिलाउन सकेको छैन, जुन जरुरी देखिन्छ। हाल नेपालमा भइरहेको दूध, तरकारी, माछा, मासुलगायत कृषि उत्पादनको बजारीकरणमा पनि बिचौलियाले मनग्गे कमाउने, उत्पादकले आफ्नो लगानी उठाउन नसक्ने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था छ।
कृषि पशुपालनलाई यातायातका साथ जलजंगल, जडिबुटी, पर्यावरण र पर्यटनसँग जोडेर आर्थिक उपार्जनमुखी आकर्षक र आम्दानीमूलक व्यवसायको रूपमा विकास गर्नुपर्छ। योजना बनाउँदा पनि कृषिसँग अन्तर्निहित र सम्बन्धित निकायको प्याकेज कार्यक्रम बनाएर कार्यान्वयनमा लैजानुपर्छ। त्यसो नगरेसम्म नेपालबाट कृषिउपजको आपूर्ति सहज हुने छैन। कृषि उत्पादनले देश आत्मनिर्भर हुने छैन। हाम्रो देशबाट निर्यातको सहज सम्भावना भएको एक मात्र कृषि वस्तु उत्पादनको पनि निर्यात सम्भावना कमजोर हुनेछ।
एक गाउँ एक सामूहिक कृषिफर्म सञ्चालन गरेर राज्यले कृषि उत्पादन प्रशोधन र वितरणको व्यवस्था मिलाउन सके मात्र देश कृषिमा आत्मनिर्भर हुन्छ।
कृषिसँग सम्बन्धित व्यावसायिक शिक्षा, कृषि प्रविधि अध्ययनको व्यवस्था, व्यवसायी कृषि नीति र निर्णय गर्नु आवश्यक छ। कृषिमा पर्यटनमुखी होमस्टे र फर्मस्टेलगायतका व्यवसायको एकापसमा समन्वय गरी विकास र विस्तारको निर्णयसँगै कृषकको वर्गीकरण गरी परिचयपत्र वितरण गर्नुपर्छ। वर्गीकरणअनुसारको सुविधा तथा प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्नुपर्छ। कृषकलाई व्यवसाय वर्गीकरणअनुसारको तलबभत्ता तथा अनुदानको व्यवस्था गर्नुपर्छ। अन्य उद्योगधन्दाभन्दा बढी प्राकृतिक र मौसमी जोखिम हुने भएकाले बिमा तथा सहज क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ।
बीउविजन तथा जमिनको उत्पादन क्षमता ह्रास भई शून्य उत्पादनसमेत हुने सम्भावना भएकाले राज्यले जिम्मेवारी लिनुपर्छ। लक्ष्यअनुसार उत्पादन नभए पनि राज्यको सम्बन्धित निकायमार्फत समयमै उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ। जग्गाको सरकारीकरण गरी चक्लाबन्दी, माटो जाँच र उचित उत्पादन सुझाव तथा सहज व्यवसाय सञ्चालन व्यवस्थाका साथै कृषकलाई इच्छाअनुसारको खेतीका लागि जग्गा, मल, बीउको व्यवस्था हुनुपर्छ। घर, सडक पुल आदिमा जस्तै कृषिमा पनि प्राविधिक प्रस्ताव मल, बीउ, क्षेत्रफल, सिँचाइ, लगानी, मेहनत, उत्पादन र उत्पादकत्वसहितको इस्टिमेटको व्यवस्था हुनुपर्छ। युवा कृषकको इच्छाशक्ति, नागरिकता तथा योग्यताको प्रमाणपत्रमध्ये नै बैंक धितोको व्यवस्था हुनुपर्छ।
मल, बीउ र सूचनाका लागि व्यावसायिक व्यक्ति छनोट गरी कृषक तालिम र मुलुक तथा मुलुकबाहिर कृषिफर्म स्थलगत भ्रमणको व्यवस्था गर्नुपर्छ। केन्द्रमा एक व्यावसायिक कृषि युनिटको व्यवस्था हुनुपर्छ। अर्गानिक उत्पादन र उत्पादित वस्तुको बजार व्यवस्था, कृषि शिक्षा तथा कृषि दिवस किसान मेला तथा सम्मेलनको व्यवस्था अनि कृषि विज्ञान पाठशालाको स्थापना गर्नुपर्छ।
कृषि सूचना महाविद्यालयको स्थापना गर्नुपर्छ। पशु मलमूत्रको सही र पूर्ण सदुपयोग गरी स्थानीय स्तरमा नाइट्रोजनयुक्त प्रांगारिक मल उत्पादन बिक्रीवितरणको सुव्यवस्था हुनुपर्छ। स्थानीय आवश्यकता यथाशक्य स्थानीय रूपमा पूरा गर्न सकिने गरी नीति बनाउनुपर्छ। एक गाउँ एक सामूहिक कृषिफर्म सञ्चालन गरेर राज्यले कृषि उत्पादन प्रशोधन र वितरणको व्यवस्था मिलाउन सके मात्र देश कृषिमा आत्मनिर्भर हुन्छ र कृषि उत्पादन निर्यातमुखी हुन सक्छ। (अन्नपुर्ण पोस्ट)

दोहोरो खेती प्रणाली अर्थात् कृषि–वन नीतिले किसानलाई गाउँ फर्काउला ?

कृषि विकास मन्त्रालयले बाँझो जमिनलाई उपयोगमा ल्याउन कृषि–वन नीति ल्याउने भएको छ ।
शहरमा खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण भएका स–साना टुक्रा जमिन खरिद गरी शहरमा रम्न चाहने गाउँबेँसी गर्ने ग्रामीण किसानलाई गाउँ फर्काउने उद्देश्यले कृषि–वन नीति ल्याउन लागिएको बताइएको छ ।
विश्वमा कृषि–वन नीति तयार गर्ने पहिलो राष्ट्र भारत हो । भारतले आफ्ना १९ प्रान्तमा कृषि–वन नीतिअनुरुप खेतीपाती गरेको छ । यद्यपि नीति नभए पनि विश्वका ५२ देशमा भने कृषि वन अवधारणाअनुरुप खेती गरेको पाइन्छ ।
नेपाली युवा–युवती वैदेशिक रोजगारमा जाने र बूढापाका शहरमा बस्ने संस्कृति विकास हुँदै गएका कारण गाउँघरका उर्वर जमिन बाँझिएपछि कृषि विकास मन्त्रालय उनीहरुलाई गाउँ फर्काउने वातावरण मिलाउने तयारीमा कृषि–वन नीति ल्याउन जुटेको हो ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार कामको खोजीमा विदेश जाने युवा वार्षिक १३ लाखदेखि १५ लाखसम्म छन् । व्यावसायिक सीप विकास तालीम केन्द्र (सिटिइभिटीका अनुसार) वार्षिक ४२ लाख मानिस नेपाली श्रम बजारमा आउने उल्लेख छ । हाल विश्वका १८ मुलुकमा ४० लाखभन्दा बढी नेपालीले काम गर्दै आएको र उनीहरुबाट यस वर्ष रु. ६ खर्बभन्दा बढी विप्रेषण नेपाललाई प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ फरेस्ट्री क्याम्पसका प्राध्यापक मुरारीप्रसाद जोशीका अनुसार अन्नबाली उत्पादनमा लाग्दा कृषि मजदुरको अभाव र ज्यामी ज्याला धेरै लाग्ने भएपछि बूढापाका खेती गर्न छोडी शहर पलायन भएको बताउँछन् ।
छोराछोरी विदेश गए पनि बूढाबूढी र केटाकेटीले गाउँमै बसी सजिलैसँग खेती गरी आम्दानी गर्न सकिने आधार कृषि-वन नीतिले पहिलाउन सक्ने भएपछि कृषि तथा पशुपालन क्षेत्रका विज्ञहरु कृषि-वन नीति ल्याउन जुटेका छन् । कृषि-वन नीतिका लागि कृषि तथा वन मन्त्रालय, पशुपक्षी र सिँचाइ मन्त्रालयको महत्वपूर्ण समन्वयकारी भूमिका हुन्छ ।
खेतका गह्रामा धान खेती गर्न सकिन्छ, कान्ला र डिलमा घाँसखेती । त्यस्तै खोल्सीमा उत्पादन दिने अम्बा, अदुवा, बेसार, अलैँची, अम्रिसो अर्थात् अन्य कुनै जातका बोटबिरुवा लगाई थप आम्दानी लिन सक्ने खेतीलाई कृषि–वन खेती भनी परिभाषित गरेको पाइन्छ ।
मुस्ताङमा स्याउ खेती गरिन्छ । स्याउ खेतीभित्र सिमी, मास भटमास, गहत, मस्याङ, फापर, कोदो उत्पादन गरिन्छ । त्यस्तै चितवनको केरा खेतीभित्र अदुवा, बेसार र माछा पोखरी वरिपरि केराका बोट अर्थात् चिउरीका बिरुवा लगाई मह उत्पादन गरेको भेटिन्छ ।
दोहोरो खेती प्रणालीको वैज्ञानिक नाम कृषि-वन खेती हो । नेपालमा कृषि-वन खेतीको थुप्रै सम्भावना रहेकाले कृषि-वन नीति अपरिहार्य भएको कृषि विकास मन्त्रालयका सचिव डा. सुरज पोखरेल बताउँछन् ।
वि.सं. २०७१ चैत १२ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको छलफलबाट कृषि–वन नीति ल्याउने विषयमा वन तथा भू–संरक्षण मन्त्रालयका सचिव शरदचन्द्र पौडेल र कृषि विकास मन्त्रालयका सचिव डा श्यामकिशोर शाहले संयुक्तरुपमा काठमाडौँ घोषणपत्र जारी गर्नुभएको थियो । त्यसको तीन वर्षपछि कात्तिक महिनाको १५ गतेबाट कृषि, वन, भूमिसुधार, सिँचाइ, पशुपक्षी विकास मन्त्रालयको विज्ञ टोली कृषि वन नीति बनाउन रचनात्मक सुझाव संकलन गर्ने उद्देश्यले धुलिखेलमा जुटेको छ ।
अन्तर्राष्ट्रिय कृषि–वन (आइसिआरएएफ) र एशिया नेटवर्कको सहयोगमा जारी घोषणापत्रले दिगो कृषि विकास, जैविक विविधता, पर्यावरण, वातावरण संरक्षण, खाद्य सुरक्षा, जीविकोपार्जन र जलवायु परिवर्तनबाट हुने परिवर्तनलाई समेत आत्मसात् गरी अगाडि बढ्न सुझाव दिइएको थियो ।
नेपालमा मुस्ताङ, चितवन, काभ्रे, धनकुटा, भक्तपुर, सिरहा, सप्तरी, धनुषालगायत झण्डै ५० जिल्लामा कृषि-वन अवधारणाअनुरुप खेती गरिए पनि व्यावसायिक हुन नसकेकाले कृषि-वन नीति आवश्यक भएको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटा बताउँछन् ।
वर्षभरि खेती गर्यो, उल्टै बाँदर, दुम्सीलगायतका जनावरले नाश गरिदिएका कारण पनि खेतीपातीबाट दिक्क भई शहर पलायन भएका किसानलाई कृषि वन नीतिले सहयोग पुग्ने देखिन्छ ।
त्यस्तै सामुदायिक वनमा खेती गर्न सकिने, निजी वनमा कटानी टाँच व्यवधानमा कमी हुने आदि सहजीकरण नीतिमा समावेश गरिने भएको अन्तर मन्त्रालय समन्वय समितिका संयोजक केशव अधिकारी उल्लेख गर्छन् ।

आर्थिक विकासको भरपर्दो आधार

डा. देवीप्रसाद आचार्य
देश अहिले युगीन परिवर्तनको संघारबाट अगाडि बढिरहेको छ। सदियौंदेखि गरिबी र अभावले ग्रस्त नेपाली समाजले राजनीतिक परिवर्तनको यात्रासँगै आर्थिक विकासको अपेक्षा गरेका छन्। हाम्रोजस्तो देशमा कृषि, पशुपालन पर्यटन तथा जडिबुटीको विकास नै आर्थिक समृद्धिको आधार हो। यसका साथै कृषिमा आधारित उद्योगहरूको स्थापना नगरी देश विकास हुन सक्दैन। आर्थिक क्रान्ती सम्भव हुँदैन। प्रजातन्त्रको २८ वर्षको दौरानमा कृषि उत्पादनमा ठूलो ह्रास आएको छ। एउटा पनि नयाँ उद्योगधन्दा खोलिएको छैन। बरू भएका उद्योगहरू बन्द भएका छन्। कृषिमा उत्पादन घट्दो छ। लाखौंको संख्यामा युवा जनशक्ति देशबाहिर छ। प्रत्येक दिन १५ सयको हाराहारीमा युवा विदेशिएको तथ्यांक छ। गाउँ बस्ती युवाविहीन भएका छन्। गाउँमा वृद्ध नागरिक र केटाकेटीहरू मात्र भएको अवस्था छ। गाउँका किसानका खेतबारी बाँझिएका छन्। गोठहरू भत्किएका छन्। विदेशबाट पठाएको पैसाले नुन, तेल चामल किनेर छोराछोरीहरूको गुजारा चलेको छ। यस्तो अवस्थामा गाउँहरू कसरी विकास हुन सक्दछन्?
कुनै पनि देश विकासको लागि दक्ष जनशक्ति अनिवार्य शर्त हो। दक्ष जनशक्ति भनेको निश्चित क्षेत्रमा कार्य गर्न विशिष्ट ज्ञान र सीप भएका नागरिकलाई बुझ्नुपर्दछ। कुनै खास क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरू त्यस क्षेत्र वा कार्यका लागि विशिष्ट जनशक्ति हुन्। त्यसो त देश विकासको लागि दक्ष, अर्धदक्ष वा अदक्ष व्यक्तिको पनि त्यत्तिकै भूमिका रहेको हुन्छ। तथापि विशिष्ट कार्यदक्षता भएको जनशक्ति देश विकासको भरपर्दो आधार भएकाले सक्षम जनशक्ति उत्पादनमा राज्यको ध्यान जान जरुरी छ।
हाम्रो देशमा तीव्र राजनीतिक परिवर्तन त भयो तर पनि नागरिकहरूको सामाजिक, शैक्षिक र आर्थिक जीवनमा आंशिक सुधार पनि आउन सकको छैन। राजनीति र संविधानले मात्र देश विकास हुने होइन। देश विकासको लागि देशमा उपलब्ध हुनसक्ने प्राकृतिक स्रोत र साधनको उपयोग गर्न आवश्यक हुन्छ। राज्यले विकासको मार्गचित्र बनाउँदा प्राथमिकताका आधारमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्दछ। यसो गर्दा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्दछ। नयाँ नेपाल निर्माणका साथै नेपालीहरूको भाग्य र भविष्य परिवर्तन गर्ने हो भने विकासका सम्भावनाका क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्तिको खाँचो हुन्छ। नेपाली जनताको त्याग र बलिदानबाट आएको प्रजातन्त्र लोकहितमा उपयोग हुन नसकेको आजको अवस्थामा लोकतन्त्र र विकासलाई सँगसँगै हिँडाउनका लागि राज्यले सक्षम जनशक्ति उत्पादन गर्दै देशमा भएका प्राकृतिक स्रोत र साधनको उचित उपयोग गर्न आवश्यक छ।
प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो जस्तो मुलुकमा भिजन, मिसन र एक्सनको इच्छाशक्ति भएको राजनेता नहुनु दुर्भाग्य हो। राज्यले शिक्षाको माध्यमद्वारा दक्ष जनशक्ति उत्पादन गरेर सक्षम जनशक्तिको माध्यमबाट प्राकृतिक स्रोतसाधनको दोहन गर्नुपर्नेमा राजनीतिलाई देश विकासको आधार मानेकाले मुलुकको हरेक क्षेत्र लथालिंग भएको अवस्था छ। कुनै पनि कार्यसम्पादन गर्नका लागि विशेषज्ञ र विशेषज्ञताको आवश्यकता पर्दछ। यस सन्दर्भमा राज्यले देशमा भएको दक्ष जनशक्तिलाई विकास निर्माणमा उपयोग गर्नुपर्दछ र अवसरको अभावमा बाहिरिइरहेको बौद्धिक पलायनलाई रोक्नुपर्दछ।
राज्यले आप्mना देशका नागरिकहरूलाई शिक्षित र दक्ष नबनाएसम्म कुनै पनि क्षेत्रको विकास सम्भव हुँदैन। देशमा एकतिहाई जनसंख्या अहिले पनि शिक्षाबाट वञ्चित छ। शिक्षितहरूमा पनि पेसागत ज्ञानको अभाव छ। अझै सत्य कुरा त हाम्रो देशमा कृषि र पशुपालनको क्षेत्रमा संलग्न किसानहरूमा कृषिसम्बन्धी शिक्षाको कमी छ। पढेलेखेकाहरूले खेति किसानी वा पशुपालन पेसालाई नअँगालेको अवस्था छ। राज्यले कृषि शिक्षालाई प्राथमिकता दिएको छैन। यसर्थ राज्यले तत्कालीन तथा मध्यकालीन योजनाअन्तर्गत कृषि र पशुपालनको क्षेत्रलाई आधुनिक ज्ञान, विज्ञान र प्रविधिको सीपमा जोडेर शिक्षित जनशक्तिलाई कृषि र पशुपालनको क्षेत्रमा आकर्षण गर्न जरुरी छ। हाम्रो जस्तो मुलुकमा कृषि, पशुपालन, जडिबुटी, पर्यटनका साथै कृषिमा आधारित उद्योगधन्दाहरूको विकासबिना आर्थिक क्रान्ति सम्भव छैन।
विकासमैत्री राज्य र दक्ष जनशक्तिको अभावमा देशको विकास असम्भवको कुरा हो। सिंहदरबारबाट विकासको जतिसूकै ठूला कुरा गरे पनि देशको यथार्थ धरातलमा नगई विकास सम्भव हुँदैन। नेपालमा तत्काल विकासका आधार कृषि, पशुपालन, जल, जंगल, जडिबुटी तथा पर्यटनका क्षेत्र हुन्। त्यसो त भूगर्भमा सुन, चाँदी, हीरा मोति, फलाम, पित्तललगायत पेट्रोलियम पदार्थ छन्। यी स्रोत र साधनको उचित सदुपयोगबिना देश समृद्ध हुन सक्दैन। तथापि तत्कालीन विकासको लागि कृषि, पशुपालन, जडिबुटी र पर्यटन क्षेत्रको विकास नै राज्यको प्राथमिकताको क्षेत्र बन्नुपर्दछ। कृषि तथा पशुपालन क्षेत्र परम्परागत शैलीमा चलेका छन्। हावा, पानी, माटोअनुसारको कृषि प्रणाली लागू हुन सकेको छैन।
कुन माटोमा के फल्दछ?, यसको लागि कस्तो बीउबिजन आवश्यक हुन्छ?, खेती गर्ने विधि तथा मलको प्रयोग गर्नेजस्ता ज्ञानको अभावमा गरिने खेतीले उत्पादन दिन सक्दैन। यसर्थ राज्यले कृषि र पशुपालनको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन आवश्यक देखिन्छ।
आधुनिक कृषि र पशुपालनको लागि अल्पकालीन योजनाअन्तर्गत हरेक स्थानीय तहमा कृषि तथा पशुसम्बन्धी प्राविधिकको समूह व्यवस्था गरी त्यहाँका कृषकलाई तालिम दिन सकिन्छ। रोजगारी नपाएर अल्मलिएका युवावर्गदेखि परम्परागत शैलीमा खेती गर्दै आएका हरेक उमेर समूहका कृषकलाई स्वरोजगारमा जोड्न सकिन्छ। तत्कालीनरूपमा अनौपचारिक कृषि व्यावसायिक तालिमहरू सञ्चालन गरी कृषिलाई आयआर्जनको माध्यम बनाउनुपर्दछ भने दीर्घकालीन योजनाअन्तर्गत कृषि, पशुपालन, जडिबुटी र पर्यटनलगायत प्राकृतिक स्रोत र साधनहरूको ज्ञान, उपयोग र व्यावसायीकरण गर्नसक्ने प्राविधिक शिक्षालाई विद्यालय तहको पाठ्यक्रम र पाठ्यवस्तुमा समावेश गर्न जरुरी छ।
बेरोजगारी हाम्रो देशको ठूलो समस्या हो। युवाहरू स्वदेशमा रोजगारीका अवसरको अभावले विदेश पलायन हुन बाध्य भएका हुन्। विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनका लागि मुख्य भूमिका खेलेको युवावर्ग राजनीतिक अकर्मण्यताका कारणले रोजगारीको लागि विदेश जान बाध्य हुनुपरेको छ। स्वदेशमा भएका युवा पनि कोही कूलतमा लागेका छन् त कोही राजनीतिक पार्र्टीका सत्तास्वार्थका साधनको रूपमा प्रयोग भएका छन्। विकासका लागि राजनीतिक स्थिरता एउटा आधारभूत आवश्यकता भएता पनि भिजन, मिसन र एक्सनको इच्छाशक्ति भएको नेतृत्व पनि त्यत्तिकै आवश्यक हुन्छ। विधिको शासन, भ्रष्टचारमुक्त कर्मचारीतन्त्र, प्राथमिकताका आधारमा विकास निर्माणका योजना बनाएर कार्यान्वयन गर्न सकेमात्र मुलुकले विकासको गति लिन सक्दछ। प्रगति पथमा अगाडि बढ्न सक्दछ। यसर्थ राज्यले खेर गइरहेको युवा शक्तिको जोस, जाँगर, ज्ञान र सीपलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने रणनीति बनाउनु जरुरी छ।
राज्यले ढिला नगरी विदेश पलायनको मनोविज्ञानले ग्रस्त भएका दक्ष युवालाई स्वदेशमा नै आयआर्जनका बाटा र पाटाहरूको अवसर सुनिश्चित गर्नका लागि कृषि, पशुपालन, जडिबुटी तथा पर्यटन क्षेत्रलाई आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रीकरण तथा व्यावसायीकरण गर्ने योजना ल्याउनुपर्दछ। प्रत्येक स्थानीय तहमा त्यहाँका व्यावसायिक किसान तथा युवाका लागि नगदेबाली, तरकारी, फलफूल र पुष्पखेतीलगायत उन्नत जातका गाई, भैंसी, भेंडा, बाख्रा र पंक्षी उत्पादन गर्नका लागि व्यावसायिक तालिम सञ्चालन गर्नुका साथै कृषि तथा पशुपालनको क्षेत्रबाट उत्पादित कच्चा पदार्थमा आधारित उद्योगहरू सञ्चालन गर्नु जरुरी छ। यसर्थ दिल्ली र बेइजिङको रेलमार्गलाई काठमाडौंमा जोड्नुभन्दा अगाडि नै उल्लेखित क्षेत्रको विकास गर्न राज्यले बिलम्व नगरोस्।

विकास अध्ययन र रोजगार चुनौति

नेपालका त्रिभुवन, काठमाडौँ लगयतका विश्वविद्यालयहरुले विकास सम्बन्धी अध्ययन अध्यापन सुरुगरेको करिब दुई दशक भईसक्यो । यस अवधिमा के कति जनशक्ति उत्पादन गर्‍यो त्यसको कुनै आँकडा छैन । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको ग्रामीण विकास होस या काठमाडौँ विश्वविद्यालयले सञ्चालन गरेको विकास अध्ययन उद्देश्य उही हो रोजगारीको लागी उपयुक्त जनशक्ति उत्पादन गर्ने । यस विषयमा अध्ययन गरेका विद्यार्थीहरुको मुख्य कार्य क्षेत्र भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संगठनहरु हुन् ।

नेपाल जस्तो ग्रामीण भुभागले प्रभुत्व जमाएको देशमा यस्ता विषयहरु निकै प्रभावकारी हुन्छ । कृषि, पशुपालन, पर्यटन तथा आधारभुत पूर्वाधारहरुको विकासकालागि यी विषयहरु निकै सावधिक पनि छ । यस्तै ग्रामीण तथा पिछडिएका क्षेत्रहरुको विकास गर्छु भन्ने महत्वकांछी धारणा लिएर विकास अध्ययनमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको संख्या दिनानु दिन बढदो छ । नेपालका युवा पुस्तालाई ध्यानमा राखी यस्ता खालका अध्ययन अध्यापन सुरु गरेतापनि अझै कार्यन्वयन हुन सकेको छैन । देशको ग्रामीण तथा पिछडिएका क्षेत्रहरुको विकासमा सहयोग पु्र्याउँदै आएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संगठनहरुमा रोजगार पाउने उद्देश्यले अध्ययन अध्यापन सुरुगरे ता पनि यो अझै चुनौती बनेको छ । भएका संघ संस्थाहरुमा पनि आफ्नो मान्छे तथा राननैतिक पार्टीहरुको दवावको कारण सिमित ब्यक्तिहरुले मात्र रोजगार पाएका छन् ।

विकास सम्बन्धी अध्ययन अध्यापन सुरुगरेको करिब दुई दशक भईसक्यो । यस अवधिमा के कति जनशक्ति उत्पादन गर्‍यो त्यसको कुनै आँकडा छैन ।

नेपालमा वेरोजगारीले जरो गाडेको निकै भइसक्यो । नेपाल जस्तो गरिबीको रेखामुनी रहेको देश ती माथि वेराजगारी, त्यसैले दुइ छाक खान र एक जोर कपडाको लागी खाडी मुलुुकका ताता घाममा काम गर्न बाध्य छन यहाँका शिक्षित युवा पुस्ताहरु । उच्च शिक्षा हासिल गरेता पनि उचित रोजगारी पाउन नसकेको कारणले विदेश पलायन हुनेहरुको संख्या बढ्दो छ । आफ्नै देशमा सीप र ज्ञानको सहि उपयोग गर्ने ठाउँ नपाउदाको स्थितिमा विदेश पलायन हुनु कुनै नौलो कुरा होइन । यस्ता ज्ञान र शिपको उपयोग गर्ने क्षेत्र निर्माण गर्ने कुरामा सरोकारवालाहरुले सोच्नु पर्ने जरुरी छ ।

नेपाल एक कृषि प्रधान देश भएको कारण यहाँका करिव ८०५ जनता कृषि तथा पशुपालनमा आश्रित छन । कृषि तथा पशुपालनको आयले नेपालका किसानलाई वर्ष भरि टार्न निकै मुस्किल पर्छ । विकास सम्बन्धी अध्ययनले यस्ता कृषि तथा पशुपालनको क्षेत्रलाई वैज्ञानिक तरिकाबाट सञ्चालन गर्न निकै सहयोग गर्दछ । अहिले यस्ता उच्च शिक्षा हासिल गरेका जनशक्तिहरु कृषि तथा पशुपालनको क्षेत्रमा लागेर सफल भएका उदाहारणहरु सुन्न थलिएको छ । यही कृषि तथा पशुपालनको क्षेत्रमा पनि उपयुक्त बिउ, मल, बजार ब्यवस्था तथा सडक अवाभको कारण काम गर्न मुस्किल देखिन्छन् । त्यसैगरी पर्यटन क्षेत्रमा पनि विकास अध्ययन गरेका विद्यार्थीहरुका लागि रोजगारीको अवसर दिन सकिन्छ ।

नेपाल जस्तो गरिबीको रेखामुनी रहेको देश ती माथि वेराजगारी, त्यसैले दुइ छाक खान र एक जोर कपडाको लागी खाडी मुलुुकका ताता घाममा काम गर्न बाध्य छन यहाँका शिक्षित युवा पुस्ताहरु ।

तर यस क्षेत्रमा पनि सरोकरवालाहरुले चासो दिएको देखिँदैन । कतिपय विद्यार्थीहरुले आफ्नै पहलमा पर्यटन सम्वन्धि काम सुरुगरे ता पनि त्यसमा सन्तुष्ट भएको देखिदै । यस सम्बन्धी अध्ययन गरेका जनशक्तिहरु अहिलेको पर्यटन सम्बन्धी रोजगारीको अवसर  दिनेबारे राज्यको ध्यान गएको छैन ।

विकास अध्ययन गरेका सीमित जनशक्तिले मात्र रोजगारी पाएका छन् । नातावाद, कृपावाद तथा दवावका कारणले गर्दा पनि उच्च शिक्षा हासिल गरेका मानिसले रोजगारीको अवसर पाएका छैनन । दिनानु दिन बढदै गएको वेरोजगार तथा विश्व विद्यालयहरुबाट उत्पादन भएका जनशक्तिलाई रोजगार दिनुको साटो सरकार मुखाग्र भएर बसेको छ । सरकारको आफ्नै स्वार्थ र हठका कारण शैक्षिक वेरोजगारको संख्या बढदो छ । १२ र १५ वर्ष सम्मको शिक्षामा भएको लगानी पछिको वेरोजगार सहन नसकि भएका आत्महत्याका घटनाहरु पनि नआएका होइनन् ।

विकास अध्ययन तथा अन्य क्षेत्रमा उच्च शिक्षा हासिल गरेका जनशक्तिहरु माथी खेलवाड गर्ने अधिकार राज्य र सरकारलाई छैन ।

यसरी नेपालकै विभिन्न क्षेत्र तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संघ संस्थाहरुमा राम्रो रोजगारी पाउने आसमा विकास सँग सम्बन्धी अध्ययन गरेता पनि देशको अस्तव्यस्तताको कारण वैदेशिक रोजगारीमा जान वाध्य भएका छन् । हातमा शैक्षिक प्रमाणपत्र भएर पनि विदेशी मुलुकमा पसिना बगाउँदाको पीडा यो सरकारको कूर्सीमा बस्नेहरुले महसुस गर्ने कहिले ? आफ्नै देशमा रोजगारको अवसरहरु प्राप्त हुने खालका कार्यक्रहरु नेपाल सरकारले गरिदिने हो भने उच्च शिक्षा हासिल गरेका जनशक्ति खाडी मुलुक जाने थिएनन् । यसकालागी सम्पूर्ण वेरोजगार युवाहरु, सरोकारवालाहरु तथा अन्य नागरिकहरु भएर सरकारलाई दवाव दिनु जरुरी छ । विकास अध्ययन तथा अन्य क्षेत्रमा उच्च शिक्षा हासिल गरेका जनशक्तिहरु माथी खेलवाड गर्ने अधिकार राज्य र सरकारलाई छैन । यसरी दुइ छाक खान र एक जोर कपडाको लागी विकास अध्ययन तथा अन्य क्षेत्रमा उच्च शिक्षा हासिल गरेका जनशक्तिहरुको अन्तिम गन्तव्य वैदेशिक रोजगारी नै चैँ नबनोस् ।

सहकारी मार्फत व्यावसायिक कृषि र पशुपालन

प्यूठान, पुस १५ गते । साना किसान कृषि सहकारी संस्था लिमिटेड बांगेशालले आफ्नो कारोबारलाई आठ करोड रुपिँया पु¥याएको छ । २०५४ सालमा गाविसमा स्थापना भएको सहकारीले गाविसभरका किसानहरुलाई संगठित गर्दै आफ्नो कारोबारलाई बढाउँदै लगेको छ ।
‘सहकारीले गाउँभरका किसानहरुलाई ऋण लगानी गरेको छ,’ अध्यक्ष शुसिला अधिकारीले भन्नुभयो,‘पहिले माछा मारेर जीवन गुजारा गर्नेहरु अहिले व्यावसायिक कृषि तथा पशुपालनमा लागेका छन् ।’ उहाँले गाउँमा रहेका प्राय किसानहरु कृषि तथा पशुपालनलाई व्यवसायिकरण बनाउनतर्फ लागेका छन् । ‘विदेश जाने युवाहरु गाउँमै रोजगारी सिर्जना गर्ने काममा लागेका छन् ।’ उहाँले भन्नुभयो,‘यसलाई थप विकास गर्न सहकारीले सहयोग गर्दै आएको छ ।’
बांगेशाल गाविसमा पछिल्लो समय कृषि र पशुपालनको क्षेत्रमा धेरै विकास भएको छ । गाविस भित्र क्यारेट उद्योग, कुखुरा पालन(ब्रोेइलन, लेयर्स), बाख्रापालन, गाईपालन, भैसीपालन, तरकारी खेती विस्तारिदै गएको गाविस सचिव मुक्ति खनालले बताउनुभयो । ‘गाउँका जनताको आयस्तर उठाउन सहकारीले सहयोग पु¥याएको छ,’ उहाँले भन्नुभयो,‘कतिपय कामहरु गाविस र सहकारीले मिलेर अघि बढाएका छौं ।’
सहकारीले विभिन्न सहयोगी निकायसँग समन्वय गरेर कार्यक्रमहरु अगाडी बढाउने योजना समेत बनाएको छ । जिल्ला भित्र रहेका कृषि, पशु तथा विभिन्न दातृ निकायसँग समन्वय गरि किसानका लागि उपयुक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । द्वन्द्वकालमा क्षति भएको सहकारीको भवन निर्माणका लागि सहयोग प्राप्त भएको अध्यक्ष अधिकारीले बताउनुभयो । साना किसान विकास बैंक लिमिटेडबाट ३ करोड ५३ लाख बराबरको थोक कर्जा स्वीकृत गरिएको समेत उहाँले बताउनुभयो ।
संस्थाले हालसम्म आठ करोड ३४ लाख ४५ हजार दुई सय ६० रुपिँयाको कारोबार गरेको छ । जसमध्ये खुद नाफा २८ लाख ९८ हजार एक सय ६८ रुपिँया रहेको संस्था प्रबन्धक नीमराज आचार्यले बताउनुभयो । संस्थाले ऋणको सीमालाई बढाएर पाँच लाख सम्म पु¥याएको उहाँले जानकारी दिनुभयो ।

कृषिमा ३० अर्ब बजेट, गत वर्षको तुलनामा ११३ प्रतिशत बढी

जेष्ठ १६, काठमाडौँ । सरकारले कृषि र पशुपालन क्षेत्रको विकासका लागि गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा ११३.०४८३ प्रतिशतले बढी रकम विनियोजन गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले हिजो व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७४/७५ को बजेटमा कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि कुल बजेटको २.०३७८ प्रतिशत अर्थात् रु. ३० अर्ब ४० करोड रकम विनियोजन गरेको छ ।
आव ०७३/०७४ मा भने कृषिमा रु. ५ अर्ब ७८ करोड र पशुपालनमा रु. ८ अर्ब ४६ करोड गरी कुल रु. १४ अर्ब २४ करोड रकम विनियोजन गरेको थियो ।
वर्षैपिच्छे कृषिमा सरकारको लगानी बढे पनि सो पेसामा युवा जनशक्तिको अभिरुचि भने घट्दै गएको पाइन्छ । सरकारले हालै संसद्मा पेस गरेको आव ०७३/०७४ को आर्थिक सर्वेक्षणमा कृषि उत्पादनमा ५.०२९ प्रतिशतले बढ्ने अनुमान गरेको छ । त्यसो हुनुमा युवा जनशक्तिको आकर्षणले नभई अनुकूल मौसम, रासायनिक मल, कृषि औजारको सहज उपलब्धताका कारण उत्पादन बढ्ने विश्वास लिएको हो । मुख्यतः दिगो कृषि विकासको प्रमुख चुनौती भनेको नै आवश्यक जग्गा जमिनको प्रबन्ध नहुनु नै हो ।
सीमित व्यक्तिका हातमा प्रचूर जमिन हुनु र भएका जमिनको समेत उपयोग नगर्नुले कृषिमा परनिर्भरता बढेको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ । झन्डै १७ लाख हेक्टर जमिनमा खेती गरिन्छ । आर्थिक सर्वेक्षण ०७३/०७४ अनुसार ६३ प्रतिशत जनता कृषिमा संलग्न छन् ।
पढेलेखेका युवा वर्गको कृषि क्षेत्रमा आकर्षण नहुनु, खेतीयोग्य जमिन घडेरीमा रुपान्तरण हुनु तथा जमिन बाँझो राख्ने चलनले पनि कृषिमा उत्पादनको अंश घट्दै गएको हो । पछिल्लो १५ वर्षको अवधिमा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान घट्दै आएको छ ।
आव २०५९/०६० देखि २०६३/६४ सम्मको पाँच वर्षमा कृषि क्षेत्रको योगदान औसत ३४.०३ प्रतिशत रहेकोमा २०६४/०६५ देखि २०६८/०६९ पाँच वर्षमा औसत ३४.१ प्रतिशत र ०६९/०७० देखि २०७३/०७४ सम्मको पाँच वर्षमा औसत ३१.४ प्रतिशत रहेको आर्थिक सर्वेक्षण २०७३/०७४ मा उल्लेख छ ।
नेपालको कृषि गणना २०६८ अनुसार १ लाख २९ हजार हेक्टर जमिन बाँझो छ । १ हेक्टर बराबर २० रोपनीका दरले २५ लाख ८० हजार रोपनी जग्गा पूर्णरुपमा बाँझो भएको कृषि विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । छैटौँ कृषि गणना २०६८ ले १ लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ ।
आव ०७३/०७४ को बजेटलाई निरन्तरता दिँदै आगामी वर्षमा गहुँ र तरकारी, दुई वर्षभित्र धान र आलु, तीन वर्षभित्र मकै र माछा, चार वर्षभित्र केरा, मेवा र लिची तथा १० वर्षभित्र किबी, स्याउ, सुन्तला, जुनार र आँपमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । त्यसैगरी बजेटले यस वर्ष अण्डा, दोस्रो वर्ष दूध र तेस्रो वर्ष मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ ।
कृषिमा आत्मनिर्भर हुन बजेटले कृषि उत्पादन क्षेत्रलाई पकेट ब्लक, जोन र सुपरजोनमा वर्गीकरण गरेको छ । प्रत्येक प्रदेशमा १ हजार क्षेत्रफलका सुपरजोन स्थापना गरिने उल्लेख छ ।
त्यसैगरी ३५ जिल्लामा चैत धान प्रवर्द्धन, २० जिल्लामा बास्नादार धान उत्पादन कार्यक्रम, ४१ जिल्लामा मध्यपहाडी बृहत्तर मकै उत्पादन कार्यक्रम तथा तराई र बेँसी क्षेत्रका १२ जिल्लामा अभियानमुखी कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारले अनुदान रकमको व्यवस्था गरेको छ । गुणस्तरीय बीउ, बेर्ना र माछाका भुरा, रासायनिक र प्राङ्गारिक मल, कृषियन्त्र, उपकरण र औजार खरिदमा ५० प्रतिशत तथा कृषिउपज सङ्कलन केन्द्र ,कृषि हाटबजार केन्द्र, प्राथमिक प्रशोधन केन्द्र गोदाम घर व्यावसायिक तालिम केन्द्र निर्माणका लागि ८५ प्रतिशत पुँजीगत अनुदान दिने व्यवस्था गरको छ । कृषि तथा पशुपक्षी बिमाको प्रिमियममा ७५ प्रतिशत अनुदान दिइने बजेटमा व्यवस्था छ ।
त्यस्तै कृषि कर्जा ब्याजमा पाँच प्रतिशत अनुदानको व्यवस्था मिलाइएको छ भने कृषि बाली धितो राखी किसानले ऋण लिनसक्ने व्यवस्था बजेटमा उल्लेख छ । केरा आलुका लागि टिस्युकल्चर प्रयोगशाला र माछापोखरी निर्माणका लागि ५० प्रतिशत पुँजीगत अनुदानको व्यवस्था गरेको छ । गाई, भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रमलाई निरन्तरता दिनुका साथै आगामी पाँच वर्षमा उन्नत गाई र भैँसीको सङ्ख्या दोब्बर वृद्धि गरिने उल्लेख छ ।
दूध प्रशोधन र दूधजन्य उत्पादनको विविधीकरण गरी दूध कारखानाको स्थापना, मध्यपहाडी क्षेत्रका जिल्लालाई बाख्रा उत्पादन पकेट क्षेत्रका रुपमा विकास तथा उच्च पहाडी र हिमाली क्षेत्रमा च्याङ्ग्रापालन गरी मासु र ऊन उत्पादन कार्यलाई बढावा दिने व्यवस्था गरिएको छ । यसैगरी बङ्गुरपालन व्यवसायलाई व्यवस्थित एवम् वातावरणमैत्री बनाउन र गुणस्तरीय मासु उत्पादन गरी निर्यात प्रवर्द्धन गर्न सरकारी, निजी र सहकारी क्षेत्रको साझेदारीमा विकास गरिने बजेटमा उल्लेख छ ।

पशुपालनमा व्यवसायमा नयाँ आयाम

नेपाल पशु पालनको क्षेत्रमा पर्याप्त सम्भावना बोकेको मुलुक हो । यहांका अधिकांश जनता कृषि तथा पशु पालन व्यवसायबाट आफ्नो जीवन निर्वाह गर्ने गर्दछन् भने मुलुकको अर्थ तन्त्रमा समेत यसको राम्रो प्रभाव रहेको छ । पशु पालनले कृषिको कुल ग्रार्हस्थ उत्पादनमा २८ प्रतिशत र मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा ११ प्रतिशत भाग ओगटेको तथ्यांकले देखाएको छ । यस कारण पनि पशुपालन क्ष्ँेत्र मुलुकको आर्थिक विकासको हिस्सेदार रहेको छ । नेपालमा धेरै जसो भू भाग पहाडी, उच्चपहाडी तथा हिमाली क्ष्ँेत्रले ओगटेको छ, जहां प्रशस्त मात्रामा पशु पालनको लागि आबश्यक चरन क्ष्ँेत्र रहेको हुंदा पशुपालन व्यवसाय हाम्रो जस्तो अल्प विकसीत मुलुककालागि निकै उपयूक्त व्यवसायको रुपमा परिचित भै सकेको छ । यसबाट सरकारकोसन् २०२२ सम्ममा मुलुकलाई विकासशिल राष्ट्र बनाउने लक्ष्य हासिल गर्न निकै सहयोग पुग्ने ६ भने नेपालको राष्ट्रिय समस्याको रुपमा रहेको पोषणको कमीबाट हुने बाल तथा मातृ मृत्युदर कम गर्न समेत यो व्यवसायले अहमं भुमिका खेल्न सक्छ । hemrja
हाम्रो मुलुकमा धेरै जसो किसानहरु पशु पालन व्यवसायलाई केवल जीवन निर्वाह र आफ्नो घरायसी आबश्यकता परिपू र्ति गर्नकालागि मात्र पशु पालन गर्ने गरेको पाईन्छ भने हालका पछिल्ला दिनहरुमा आएर केहि पुजिवाला लगानी गर्न सक्ने खालका कृषक व्यवसायीहरुले पशु पालनलाई व्यावसायीक हिसावले गर्न थालेको पाइन्छ भने कुखुरा ब्रोइलर तथा लेयर्सकोे सन्दर्भमा भने मुलुक करिव करिव आत्मनिर्भर भै सकेको देखिन्छ । तर अन्य पशुहरुमा आत्मनिर्भर हुन नसके पनि दिनप्रतिदिन पशु पालन व्यवसायको आकार बृद्धि भै राखेको छ । तर पनि मुलुकले प्रतिबर्ष अर्बौैको पशु तथा पशु जन्य पदार्थ आयात गर्ने गरेको छ । यो अवस्थामा नेपालको पशु पालनलाई कसरी दिगो व्यवसाय मूलक पेशाको रुपमा विकास गर्न सकिन्छ भन्ने कुरा प्रमुख रहेको छ । नेपालमा पशु पालनव्यवसाय फस्ट्याउन नसक्नाका विविधकारणहरु रहेका छन् । जस्मा सर्ब प्रथम त दिगो पशुपालन व्यावसाय संचालन गर्न समय सापेक्ष पशुपन्छी पालन सम्बन्धि नीतिगत व्यवस्था हुन नसक्नु हो भने व्याप्त गरिवीका कारण पशुपालन व्यवसायमा लगानी गर्न नसक्नु, लगानी सुरक्षाको लागि प्रभावकारी नीति व्यवहारिक नहुनु, जिम्मेवार सरकारी निकायहरुले आफ्नो दायित्व पुरा गर्न नसक्नु, सेवा प्रवाहमा प्रक्रियामुखी व्यवस्थाले सर्बसाधारणको पहुंचमा नपुग्नु, सुलभ व्याज दरमाऋण उपलब्ध नहुनु, आयोजनाको लगानी पहुंचवालामा मात्र सिमित हुनु, त्यस्तै सेवा प्रदायका संस्थाहरुले समयमा सुविधा उपलब्ध गराउन नसक्नु, प्राविधिक सर सल्लाहको लागि पर्याप्त जनशक्तिको व्यवस्था नहुनु, भएका जनशक्तिहरु पनि सुविधाको कमिका कारण कृषकको चाहना अनुरुप सेवा प्रदान गर्न नसक्नु, ग्रामिण तथा दुर्गम र पशु पालनको पकेट क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध नहुनु, खुल्ला सिमानाका कारण्ँ विभिन्न सरुवा रोगको जोखिमबाट प्रभावित हुनु, सरकारले कमजोर बर्गका कृषकालागि निःशुल्क औषधी उपचारको व्यवस्था गर्न नसक्नु, उन्नत र बढि उत्पादनशील पशु उत्पादन गर्न नसक्नु आदि जस्ता विविध समस्याका बाबजुत नेपालको पशु पालन क्षेत्र सुस्त गतिमा अघि बढि राखेको त छ । तर पशु पालन पेशामा लाग्ने कृषकहरुको जीवन स्तरमा उल्लेखनीय सुधार ल्याउन भने सकेको पाईदैन जसको लागि नेपाल सरकारले दिर्घकालिन योजना बनाएर गुणात्मक र परिणाममुखी नतिजामा जोड दिदै पशु पालनमा आबश्यक नीतिगत सुधार र विभिन्न सहुलीयतका बारेमा पनि व्यवसायिक पशु पालन गर्ने कृषकलाई चेतना जगाउनु आबश्यक छ । जसको लागि खाली बजेट भाषण र नेताको भाषणमा मात्र सिमित नरहि व्यवहारिक रुपमै आबश्यक पहलगर्नु जरुरी छ ।
भर्खरै मात्र नेपालको पशु पालन क्षेत्रको विकास र विस्तारकालागि जिम्मेवार सरकारी निकाय पशु सेवा विभागले एउटा उल्लेखनीय र आशा लाग्दो सकारात्मक कार्यलाई अवलम्बन गर्ने प्रयास गरेको छ, जसले गर्दा पशु पालन व्यवसायमा लागेका पशु पालक व्यवसायीहरुलाई एउटा उत्साह जगाएको छ । जुनहो देश भरीका करिव ७३ जिल्लाका ५०० गा.वि.स.हरुमा एक गाउ एक प्राविधिक कार्यक्रम अनुसार ५०० जना पशु सेवा तथा पशु स्वास्थ्य प्राविधिकहरुको करार नियुक्तीका लागि सूचना आव्हान गरि प्रत्येक जिल्लाहरुमा पशु स्वास्थ्यकर्मीहरुको आबेदन दर्ता गराउने काम गरी पशु पालनको क्षेत्रमा एक उल्लेखनीय कार्य गरेको छ । यसका लागि नेपाल सरकारको नीति अनुरुप केहि ढिलै भए पनि कम से कम एउटँ काम भएको छ । यस कार्यले एकातिर ५०० जना बेरोजगार यूवाले रोजगार पाउने भए भने अर्को सबैभन्दा महत्वपूर्ण कुरा त कम से कम कृषक ले गांउमै सामान्य उपचार तथा आधारभूत प्राविधिक सेवा पाउने भए यो नै ठूलो कुरा हो । साविकको व्यवस्था अनुसार पशु सेवा केन्द्रहरुमा एउटा सेवा केन्द्रले ३ देखि ७ वटँसम्म गाउविकास समितिको क्षेत्रमा सेवा प्रदान गर्नु पर्ने बाध्यात्मक अबस्थाका कारण्ँ सेवा प्रवाह प्रभावकारी हुन सकिरहेको थिएन । किसानले समयमा प्राविधिक सुविधा नपाउदा हजारौ रुपैया बरावरको पशु धनको क्षति व्यहोर्नु पर्ने अवस्था छ ।
अब उप्रान्त कतिपय किसानहरुले यो समस्याबाट मुक्तिपाउने आशा गर्न सकिन्छ । हाम्रँे मुलुकको भौगोलिक अवस्थिति र हावापानीको विविधताका कारण विभिन्न क्षेत्रमा विभिन्न पशुपन्छीहरुको व्यवसायीकता फस्ट्याउन सक्ने र विभिन्न भौगोलिक वातावरण हुने व्यवसायीक विविधताले पशु पालन व्यवसायलाई अझ बढि प्रगाढ बनाउन सक्ने कुरामा दुई मत छैन । सरकाले कृषि तथा पशु पालन क्षेत्रमा लिएको यो एक गांउ एक प्राविधिकको नीति क्रमिक रुपमा विस्तार गदै देश भरका सम्पूर्ण स साना र निम्नस्तरका कृषकहरुको पहुंचमा पु¥याई उनीहरुको पेशामा टेवा दिने काम सह्रानीय छ । त्यसैले यो कार्यक्रमलाई जति सक्दो छिटँे जनताको गोठगोडमा पु¥याउनु आबश्यक छ । यसका अतिरिक्त ग्रामिण क्ष्ँेत्रमा सेवा केन्द्रहरुमा कार्यरत कर्मचारी तथा संगठनको स्तरोन्नति गर्दै पशु पालनको पेशामा लागेका उद्यमी व्यवसायीहरुलाई सहयोग र सल्लाह आबश्यक तालिम गोष्ठि जस्ता कार्यक्रमबाट सुसुचित गर्दै पशु पालनका लागि निम्न स्तरिय बेरोजगार जनशक्तीलाई स्थानीय स्तरमा नै प्रतिस्थापन गर्न सके पशु पालन क्षेत्रले बृहत रुप लिन सक्ने निश्चित जस्तो देखीन्छ, जसको लागि सरकार, राजनीतिज्ञ, बुद्धिजिवी, नेता कार्यकर्ता लगायत कृषकहरु सबैको हातेमालो हुनु जरुरी छ ।
हाल पशु सेवा क्षेत्रमा भएको नयां उपलब्धी भनेको पशुपन्छी विकास मन्त्रालयको गठन पनि एक हो । मन्त्रालयको गठन संगसंगै पशुपालन संग सम्बन्धित कृषक, व्यवसायी उद्योगी, विकासे कार्यकता, पशु स्वास्थ्यकर्मी लगायत पशुपालनको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरुको मुहारमा चमक आएको पाइन्छ । यी सबै सरोकारवाला व्यक्ति तथा संगठनहरुको उत्साहलाइ साच्चि कै सार्थक र परिणाममुखी बनाउने हो भने सबैले आआफ्नो ठांउबाट पशुपालन क्षेत्रको सुधार र स्थरोन्नतिका लागि विशेष पहल गर्नु पर्ने हुन्छ । अहिलेसम्मका पशु पालन क्षेत्रका बाधकहरुलाई निमोठेर विविध सम्भावनाहरुको खोजीगरी पशुपालनको क्षेत्रबाट मुलुकलाई आबश्यक पशु तथा पशु जन्य पदार्थ माथि आत्मनिर्भर बनाउदै अन्तराष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तर कायम गरी निर्यात प्रबद्र्धन गर्न सक्नु नै पशु पालनको मुख्य चुनौति हो र यसलाई अवसरको रुपमा ग्रहण गर्दै अल्पकालिन तथादिर्घ कालिन कार्य योजना तर्जुमा गरि छिटो भन्दा छिटो पशु पालनको क्षेत्रबाट मुलुकलाई बढि भन्दा बढि लाभान्वित बनाउन सकेमा मात्र नयां मन्त्रालय गठनको अर्थ रहने छ ।
अन्यथा केवल मन्त्री बन्नका लागि मात्र बनाइएको हो भने यसको कुनै अर्थ रहदैन हेरौ यो त आउदा दिनले बताउने नै छ । अन्तमा नयां पशुपन्छी विकास मन्त्रालयले जनअपेक्षा अनुरुप जनताको माग र आबश्यकता बमोजिम ठुला व्यापारी, दलाल, विचौलिया र कमीशनखोरीको चक्रभ्यूमा नपरी स्पष्ट रुपमा जल्दाबल्दा समस्याको चिरफार गरीपशु पालनलाई एउटँ सम्मान जनक र मर्यादित पेशाको रुपमा परिचित गराई गरिव जनताको मन मष्तिकमा पुग्न सकोस ।– हेमराज बोहोरा 

पशुपालन व्यबसाय

परिचय

नेपालको कृषि प्रणालीमा पशुपंक्षीपालन व्यवसायको महत्व अनादिकालदेखि आजसम्म रहि आएको छ । पशुपालन व्यबसायलाई विविधिकरण, व्यबसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पर्‍याउने पशु सेवा विभागको प्रमुख उदेश्य हो । बि.सं. १९९६ मा पहिलो पटक काठमाण्डौमा एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरीको स्थापना भयो र उक्त डिस्पेन्सरी बि.सं. १९९६ मा पशु चिकित्सालयमा परिणत भएको थियो । वि.सं. २०१४ साल सम्ममा १० जिल्लाहरुमा पशु अस्पतालहरुको स्थापना भयो । पशु स्वास्थ्य सेवाको आवश्यकता बढ्दै गएकोले भारत, FAO / OXFAM को सहायतामा देशव्यापी रुपमा सेवा पर्‍याउन ३३ वटा अस्पताल, २१ डिस्पेन्सरी र १८ वटा चेकपोष्ट वि.सं. २०२१ सम्ममा स्थापना भए । यसै समयमा छ वटा पशु विकास फार्महरु पनि खोलिए । वि.सं. २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना गरी पाचौं पंचबर्षिय योजनादेखि पशु स्वास्थ्य, पशु आहारा, पशु प्रजनन् तथा पशुपालन व्यबस्थापन सेवालाई एकीकृत रुपमा कृषकहरुको घर दैलोमा पर्‍याउने उदेश्यले समन्वयात्मक पशु सेवा कार्यक्रम संचालन गरियो । बि.सं. २०२९ सालमा कृषिका सम्पुर्ण कार्यहरु समन्वयात्मक रुपमा लानको लागि पशु विकास तथा पशु स्वास्थ्य विभागलाई पुनः कृषि विभागमा गाभिएको थियो ।
पशुपालन ब्यबसायको बढ्दो माग पूरा गर्न पशु सेवामा आएको कमीलाई महशुस गरी बि.सं. २०३६ मा पुनः पशु विकास तथा पशु स्वास्थ्य विभाग (पछि पशु सेवा विभागको नाममा) पुनर्गठन गरियो । त्यसपछि क्रमिक रुपमा ७५ वटै जिल्लाहरुमा पशु सेवा कार्यलयहरु, ग्रामिणस्तरमा सेवा केन्द्रहरु, प्रयोगशाला तथा फार्महरुको सुदृणीकरण र केही नयां फार्महरु स्थापना भए । वि.सं. २०४९ सालमा पुनः कृषि क्षेत्रका सबै सेवात्मक निकायहरुलाई समेटी कृषि विकास विभागको गठन भयो । तत्पश्चात व्यबस्थापन पक्षमा जटिलता र सेवामा शिथिलता आएको महसुस गरी पुनः २०५२ साल श्रावण १ गते पशु सेवा विभागको गठन भयो ।

कृषि कार्यक्रम बनाएपछि किसानले स्थानीय तहबाटै अनुदान पाउने

नेपाली किसानको दिन फिरेको हो? मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले आश्चर्य मान्दै प्रश्न गर्दा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले “अनुदानको रकम खर्च गर्न कानुनी प्रक्रिया पुर्याउनुहोस् मन्त्रालयले कुनै अवरोध गर्दैन’ भनेर जवाफ दिए।

सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न कृषि कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमका लागि छुट्याइएको रकम खर्च गर्ने प्रक्रियाका सम्बन्धमा पदाधिकारीबाट सोधनी हुँदा मन्त्रालयले उक्त जवाफ दिएको हो।

सरकारले आगामी आव २०७४।७५ को बजेटमार्फत तल्लो तहसम्म कार्यक्रम पुर्याइसकेको छ । कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणको विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाली तथा उत्पादन विशेष क्रियाकलाप, कृषि बजारको पूर्वाधार निर्माण र मत्स्य विकास कार्यक्रम, एक वडा एक कृषि र पशु विकास प्राविधिक कार्यक्रम, साना सिँचाइ, कृषि प्रसार सेवा कार्यक्रम र कृषि प्रसार सेवा कार्यक्रम तथा कृषि आयआर्जनको लक्षित कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी, पशु विकास सेवाअन्तर्गतका बङ्गुर तथा कुखुरापालन सहकारी कार्यक्रम, पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रम, पशु आहारा विकास कार्यक्रम, पशु स्वास्थ्य नियमन कार्यक्रम, पशुसेवा प्रसार कार्यक्रम तथा कर्णाली अञ्चल पशु विकास कार्यक्रम स्थानीय तह आफैँले सञ्चालन गर्न पाउने गरी हस्तान्तरण गरिएको आव २०७४÷७५ को बजेट पुस्तिकामा उल्लेख छ।

यस वर्ष सरकारले कृषि तथा पशुपालन कार्यक्रमका लागि ३० अर्ब ४० करोड रकम विनियोजन गरेको छ। आव २०७३÷७४ मा सरकारले कृषिमा पाँच अर्ब ७८ करोड र पशुपालनमा आठ अर्ब ४६ करोड गरी कुल १४ अर्ब २४ करोड रकम विनियोजन गरेको थियो।

नेपालको इतिहासमा पहिलोपल्ट किसानले बालीनाली, पशुपक्षी तथा सिँचाइ, कृषि सडक निर्माणसम्बन्धी समस्या स्थानीय सरकारलाई प्रत्यक्ष सुनाउन पाउने भएका छन् । स्थानीय तहको तल्लो निकाय (वडा) बाट प्राप्त सुझाव सङ्कलन गरी नगरपालिकाका हकमा नगरसभा र गाउँपालिकाको हकमा गाउँसभाबाट कार्यक्रम पारित गरेपश्चात् कार्यक्रम कार्यान्वयनमा आउने भएको हो ।

आगामी आवको वजेटमा सरकारले क्षेत्रगत मन्त्रालयबाट गाउँपालिकाभित्र ५० लाख, नगरपालिकाभित्र एक करोड, महानगरपालिका तथा उपमहानगरपालिकाभित्र दुई करोडसम्मको आयोजना, कार्यक्रम र जनशक्ति उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

“प्राप्त अनुदान रकमलाई के कसरी र कस्ता कस्ता स्थानमा खर्च गर्ने भन्ने अधिकार स्थानीय तहलाई छ,” अर्थसचिव सुवेदीले भने।

अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखाका सहसचिव निर्मलहरि अधिकारीले अनुदान रकम गाउँसभा वा नगरसभाबाट पारित भएपछि खर्च गर्न पाउने कानुनी बाटो खुल्ला हुने बताए।

कृषि तथा पशुपक्षी कर्जाको ब्याजमा पाँच प्रतिशत अनुदानको व्यवस्था, रासायनिक मल र उन्नत बीउमा दिइंँदै आएको अनुदान तथा सुविधा कृषकको बैंक खातामार्फत उपलब्ध गराइने भएको छ। रासस

कृषि तथा पशु हाटबजार सञ्चालन

जनक श्रेष्ठ/लमजुङ ।

पर्यटकीय जिल्ला लमजुङस्थित सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा कृषि तथा पशु हाटबजार सञ्चालन सुरु भएको छ । स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि सुन्दरबजार नगरपालिका, स्थानीय, विभिन्न सघंसंस्थाको आर्थिक सहयोगमा हाटबजार सञ्चालन भएको हो ।
जिल्लाका किसानले कृषि तथा पशुजन्य राम्रै उत्पादन गर्दै आएता पनि बजार पाउन नसक्दा निराश बन्दै आएका थिए । तर, उनीहरू यतिबेला आफूले दुःख गरेर उत्पादन गरेका वस्तु हाटबजारमा लगेर बेच्न थालेपछि कृषि तथा पशु उत्पादन पेसामा उनीहरूलाई हौसला मिलेको छ । सुन्दरबजार नगरपालिकास्थित परेवाडाँडाकी भगवती खड्का भन्छिन्, ‘घरगाउँमै उत्पादन गरेको बजार साथै उचित मूल्य पाउन नसक्दा मन भतभती पोल्ने गरेको थियो । अहिले हाटबजार सञ्चालन भएपछि यहाँबाटै राम्रो बिक्री हुन थालेको भन्दै खुसी व्यक्त गरिन् ।’
सुन्दरबजार नगरपालिकास्थित खत्रीठाँटीमा सञ्चालित कृषि तथा पशु हाटबजारमा राखिएको कृषि सामग्री ।

उनीसँगै परिवार मिलेर परेवाडाँडामा डेढ रोपनी जग्गामा व्यावसायिक खेती गर्दै आएकी छन् । उनले गोलभेंडा, खुर्सानी, लौका फलाएर बेच्नलाई तयार गरेकी छन् । विगतमा आफूले उत्पादन गरेको कृषिले बजार नपाउँदा चिन्तित थिइन्, अहिले घरनजिकैको खत्रीठाँटीमा हाटबजार सञ्चालन भएपछि आफूजस्तै धेरै किसानले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादनले उचित बजार र उचित मूल्य पाउने अपेक्षा उनको छ । ‘रात दिन घाम पानी नभनी धेरै दुःख कष्ट र मेहनत गरेर बाख्रा व्यवसाय गरेको छु, कृषि तथा पशुजन्य उत्पादनले बजार पाउन सकेको थिएन, कहाँ लगेर बेच्ने भन्दै भौतारिनुपर्ने बाध्यता थियो,’ उनले भने, त्यहीमाथि पनि हामीले भनेजति मूल्य पाउँदैनथ्यौं, किसान जहिल्यै पनि मर्कामा पर्ने गरेका छन् ।’

उनीजस्तै धेरै कृषि तथा पशु पालक किसान छन् । उनीहरूको समस्या पनि उस्तै हो । अहिले सञ्चालनमा आएको हाटबजारले हराउँदै गएको किसानको खुसी फर्काउने प्रयास गरेको छ । किसानहरूको हितलाई मध्यनजर गरेर प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्नेगरी कृषि तथा पशु हाटबजार सञ्चालनमा ल्याइएको हाटबजार व्यवस्थापन समितिका अध्यक्ष मानसिंह गुरुङले बताए ।

हाटबजार सञ्चालनका लागि सुन्दरबजार नगरपालिकाले सातवटा स्टलसहित एउटा ट्रस्ट निर्माण गरेको छ । सो निर्माणका लागि नगरपालिकाले २ लाख ८० हजार, २८ हजारबराबरको स्थानीयको जनश्रमदान र थप २५ हजार गरी ३ लाख ३३ हजार रुपैयाँ लागेको छ । हाटबजार सञ्चालनका लागि जिल्लामा क्रियाशील सुआहारा लमजुङले ५० हजार रुपैयाँबराबरको सामग्री सहयोग गरेको छ । जसमा क्रेट २० थान, कुर्सी सात थान, टेबुल तराजु पाँच थान र त्रिपाल पाँच थान सहयोग गरेको बताइएको छ । सदरमुकाम बेंसीसहर, सुन्दरबजारलगायतका ठाउँमा हाटबजार सञ्चालन भएता पनि त्यसलाई पूर्णता दिन नसक्दा लामो समयदेखि बन्द भएको छ ।

व्यावसायिक कृषि तालिम मार्फत उद्यमशीलताको गन्तव्य तर्फ लम्कदै हर्क बहादुर बि.क

आफ्नो परिवारको आधारभूत आवश्यकता पूरा गर्न उद्देश्यका साथ विदेशिएका बझाङ्ग जिल्लाका दानगजी निवासी ३७ बर्षिय श्री हर्क बहादुर बि.कले आफ्नो जीवनको करिब ८ वर्ष भारतमा नै विताए l ८ वर्षमा पनि सोचे जस्तो आमदानी नहुदा र परिवारको सम्झनाले उनि पुनः नेपाल फर्किए र पछिल्लो २ बर्ष देखी वि.क. हाल धनगडीमा बसेर कुखुरापालन गर्ने योजना बनाउदै थिए। तर प्राविधिक तथा व्यावसायिक ज्ञान र सिपका साथै वित्तिय अभावले गर्दा उनको योजना केवल योजनामा मात्र सिमित भइरहेको थियो । वित्तिय समस्यालाई जनतन निर्वाह गर्न सकिने भए तापनि कुखुरापालन सम्बन्धि प्रयाप्त ज्ञान नभएको हुदा व्यावसाय सुरु गर्दा उनलाई ठुलै जोखिमको भार थियो ।
यसै माझ उनले सामाजिक संजाल फेसबुक मार्फत कुखुरापालन लगाएत कुषि तथा पशुपालन सम्बन्धि विभिन्न क्षेत्रमा तालिम संचालन भइरहेको उद्यमी फेलोसिपको बारेमा थाहा पाए l उद्यमी फेलोसिप अन्तर्गत स्थापित उद्यमीबाट कार्यस्थलमै प्रत्यक्ष तालिम पाइने हुनाले आफ्नो प्राविधिक तथा व्यावसायिक सिप बढाउनको लागि यही ठुलो अवसर हो भने महसुस हुदा उनि तालिममा सहभागी हुन काठमाडौँ सम्म आइपुगे ।
४ हप्त सम्म सुन्दरीजल स्थित १० देखि १४ हजार सम्म कुखुरा राखिने फार्ममा बसी तालिम लिएका वि.क तालिम पश्चात आफु पूर्ण सन्तुष्ट रहेको र आफुले सोचे भन्दा धेरै नै ज्ञान तथा सिप हासिल गरेको बताउदछन् । वि.क भन्दछन्, “ कृषि सम्बन्धि किताबमा आधारित २/३ दिन गरिने तालिम र फर्ममा नै बसेर गरिने तालिममा धेरै नै फरक रहेछ l एक अनुभवि व्यवसायीको निरीक्षणमा सिक्दा साना देखी ठुला गल्तिहरुले निम्ताउने जोखिमको सजिलै सामना गर्न सकिदो रहेछ l”
यस तालिमबाट उनले चल्लाहरुलाई हुर्काउने तरिका, उचित पानीको छनौट तथा मात्रा, भिटामिन, भ्याक्सिन लगाएतका औषधिहरु उचित समय र मात्रा मिलाएर दिने तरिका, दाना छनौट, खरिद र भण्डारण साथै तौलअनुसार दानाको मात्रा निर्धारण गर्ने, र कुखुराको बजारीकरण लगाएतका कुराहरुमा राम्रो जानकारी र अनुभव बटुले । त्यसैगरि, सिमित प्राविधिक तथा व्यवसायिक ज्ञान तथा सुनेको भरबाट नै व्यवसाय संचालन गरेको भए असफल भइने रहेछ भन्ने महशुस गर्नु नै उनको प्रमुख सिकाइ रहयो।
पहिले निर्वाहमुखी कुखुरापालन गर्ने योजनामा रहेका वि.क. तालिम बाट बढेको आत्मविश्वास र ज्ञान तथा सिप वृद्धिसंगै अब धनगडीमा दशै लगत्तै २००० कुखुरा राख्न सकिने २ ओटा खोर निर्माण गरि व्यावसायिक रुपमा कुखुरापालन संचालन गर्ने योजना समेत तयार पारेका छन् । उनि भन्दछन, “धनगडीको हावापानि अलि गर्मी हुने हुँदा कुखुरामा नयाँ रोग लाग्ने बढी सम्भावना समेत रहेको छ l” तर वि.क. यस समस्यालाई डटेर सामना गर्न केहि हद सम्म सक्षम भइसकेको बताउछन् र साथै उनी प्रविधिक विशेषज्ञ तथा भेटनरी डाक्टर बाट आवश्यक सहयोग लिएर समस्या समाधान गर्न सकिनेमा विश्वस्त छन् ।
उद्यमी फेलोसिप कार्यक्रम बाट अत्यन्तै सन्तुष्ट भएका वि.क., विशेष गरि प्रशिक्षक श्री चन्द्र तामांग र आयोजक ISAP लाई धन्यवाद व्यक्त गरे । अन्त्यमा उनले जोडे, “ देशमा कुनै विकल्प नपाएर विदेश जान योजनामा रहेका युवाहरुलाई यस किसिमको फार्ममै बसेर गरिने तालिम बाट देशमै आत्मानिर्भर बन्ने प्रेरण प्रदान गर्ने रहेछ ।”

वैदेशिक रोजगारी देखी स्वरोजगारी सम्मको एक यात्रा

बैङ्गलोरको पढाइ पछि कमल राज सिङ्गताङ्गले एक कम्पनीको योजना व्यवस्थापकको रुपमा सिङ्गापुर, साउदि अरेविया, मोरोक्को, टर्की, कतार र फ्रान्स लगाएतका देशहरुमा काम गर्न मौका पाउनु भयो । यसैगरि उहाँका काका—चन्द्र तामाङले पनि २० वर्ष जति भारतमा नै काम गर्नु भयो । अन्य देशहरुमा बस्दा त्यहाँका मान्छेहरुको कृषकहरु प्रतिको सम्मान देखेर दुवै जान निकै प्रभावित हुने गर्थे l तर नेपालमा भने कृषि प्रतिको निराशाजनक मनोवृत्तिको सम्झनाले उहाँहरु लाई निकै नरमाइलो महसुस हुन्थ्यो । त्यो दुखद अनुभव र त्यहाँ गरिरहेको काम बाट खासै सन्तुष्ट नभएपछी, तामाङ नेपाल आएर पुनः कुखुरा पालनमा लाग्नु भयो । सिङ्गताङ्ग पनि केहि वर्ष पच्यात आफ्नै देशमा कृषि व्यावसाय गर्ने अठोटका साथ नेपाल फर्किनु भयो ।
सिङ्गताङ्गका लागि कृषि पेशा नयाँ थियो तर नेपाल फर्के लगतै उहाँले आफ्नो काकाको सहयोग बाट कुखुरा फर्म व्यवस्थापन सम्बन्धि जानकारी लिनुभयो । साथै, उहाँले कुखुरापालन सम्बन्धी तालिम लिई कुखुरा फार्म हेर्न भारतको आन्द्र प्रदेश सम्म पुग्न भयो । पुर्व प्राविधिक र व्यावसायिक ज्ञान र शीप आर्जन गरे पछि सिङ्गताङ्गले २०७१ सालमा सुन्दरिजलमा आई.एस. पोल्टी फार्म स्थापना गर्नुभयो । सुरुवात ८–१० लाखको लगानीमा २ वटा खोर बाट भए तापनि,  सफलता संगै थप १२ –१३ लाखमा पहिलेको भन्दा ठुलो र आधुनिक अन्य २ वटा खोर पनि बनाउनुभयो । बिस्तार संगसंगै तामाङ पनि पूर्ण रुपले फार्ममा संलग्न हुनु भयो र आजको समयमा उनि प्राविधिक पक्षहरू हेरछन् भने सिङ्गताङ्ग बजारीकरण तिर ध्यान दिन्छन् । करिब १३,००० कुखुरापालन गर्ने क्षमता रहेको उक्त फार्ममा यसपाली १०,००० सम्म कुखुरा राखी ९ लाख सम्मको नाफा कमाउने अपेक्ष्या गरिएको छ ।
सुरुवाती समयमा फार्म दर्ता गर्ने क्रममा सिङ्गताङ्गले सरकारी निकायहरुमा धेरै हैरानी खेप्नुपरेको थियो । गुनासो पोख्दै उहाँ भनुहुन्छ, “कागजमा स्पष्ट नितिनियम हुदाँहुदै पनि त्यस अनुसार कसैले काम गर्दैन ।” त्यसैगरि सुरुमा करिव ७ लाखको नाफा गरेपनि उहाँ निराश हुनुहुन्थ्यो किनभने त्यसलगत्तै नाकाबन्दिको कारण ३२ लाखको घाटा बेहोर्नुपरेको थियो । नाकाबन्दिको बेला कुखुराको दाना र ढुवानी जस्ता खर्च महंगीन पुग्यो, जसकारण सुरुको ६ महिनामै घाटाको सामना गर्नुपरेको थियो । यति ठुलो परिमाणमा घाटा बेहोरे पनि व्यावसायमा आउने यस्तै कठिन समस्याहरु बाटै नै सिक्ने र अनुभव लिइ भविष्यमा राम्रो गर्ने हो भनि आफुलाई सान्त्वना दिदै आफ्नो व्यावसाय प्रतिको विश्वास कायमै राख्नुभयो ।
व्यावसाय गर्दै जाने क्रममा चल्ला उत्पादक संघको एकलौटीका कारण गुणस्तरिय चल्ला उचित मूल्यमा नपाउने, चल्ला किनबेचको मूल्य स्थिर नहुने साथै बजारीकरणमा लामो समय लाग्ने जस्ता कारणले साना फार्महरुलाई धेरैने समस्या बेहोर्नु पर्ने कुरा उहाँ बताउनुहुन्छ । त्यसैले उहाँ भन्नुहुन्छ “कुखुरापालन व्यवसाय सरल गराउनका लागि चल्ला किन्दा र कुखुरा बेच्दा सरकारले न्युनतम मूल्य र अधिकतम मूल्य तोक्नुपर्छ ,जसबाट व्यवसायिलाई व्यावसायको योजना बनाउन साथै अनुमानित लागत र आम्दानी अनुमान गर्न सजिलो हुन्छ र भविष्यमा हुन सक्ने घाटालाई समेत कम गर्न सकिन्छ ।” त्यसै सन्दर्भमा तामाङ थप्नु हुन्छ “नेपालका सवै जिल्लामा कुखुराको बजार राम्रो छ । तर भारतबाट ठुलो परिमाणमा कुखुरा आयात हुदाँ स्थानिय उत्पादकहरुलाई आफ्नो गुणस्तर अनुसारको मूल्य पाउन कठिने छ ।”
नेपालको कृषि क्षेत्रको अवस्थाबाट निराश भएतापनि दुवैले आफ्नो सपनालाई कहिल्यै छाडेनन् । परिवार उहाँहरु का लागि ठुलो उर्जाको स्रोत हुन् । साथै तामाङ भन्नुहुन्छ “भविष्यमा कृषि उद्यम गर्न योजना बनाउने जो कोही व्यक्तिका लागि आत्म—विश्वास हुनु जरुरी हुन्छ, किनभने कुनैपनि व्यवसाय चुनौतिमुक्त छैन ।” त्यसै गरि सिङ्गताङ्गको अनुभव अनुसार, “कुनै संस्था वा फर्मका कर्मचारीको गुनासो तथा सल्लाह सुन्नु पनि अत्यन्त जरुरी हुन्छ किनभने उनिहरुबाट नयाँ समस्या तथा समाधान सिक्ने मौका पाइन्छ जसले फार्मलाई प्रभावकारी रुपमा संचालन गर्न निकै मद्दत गर्दछ ।”
कृषिमा सफलताका लागि तपाई पनि तामाङ  र सिङ्गताङ्गका साथै अन्य ५ वर्ष भन्दा बढी अनुभवी कृषकको फार्ममा बसी तरकारी खेति, च्याउ खेति, बाख्रा पालन, कुखुरा पालन र बंगुर पालनमा नि: शुल्क तालिम लिन सक्नु हुन्छ । थप जानकारी र आवेदनका लागि ०१६२१९८६६ मा सम्पर्क गर्नु सक्नु हुन्छ ।

प्रदिप राज पन्तको पर्यटन देखी कृषि सम्मको उद्यम यात्रा

डेस्टिनेशन टुर एण्ड ट्राभल नामक संस्थाका निर्देशक, श्री प्रदिप राज पन्त लाई कृषि व्यवसायले निकै लोभ्याउथ्यो । यसमाथि जनसंख्या वृद्धि संगै नेपाली बजारमा दुग्ध र दुग्धजन्य वस्तुहरुको माग बढ्दै गैरहेका देख्दा, यस क्षेत्रमा पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने सोचका साथ पन्तले डेस्टिनेशन एग्रो फार्मको सुरुवात गर्नु भएको थियो । तर सुरुवाती दिनहरुमा उहाँको उत्साह प्रति साथीभाईहरुको प्रोत्साह भने न्युन थियो, मात्र थियो त परिवारको साथ र उहाँकोे सफल कृषि व्यावसायी बन्ने अठोट । कतिपय ले त दिनहु भन्ने गर्दथे, “कृषि क्षेत्र तिम्रो लागि होइन, र यसमा तिम्रो भविष्य पनि छैन,” तर विगत ५ वर्षदेखीे एकिकृत फार्म सफलता पूर्वक संचालन गर्दै आउँदा, अहिलेको नेपाली कृषि क्षेत्रमा उहाँ एक सफल कृषि व्यावसायीको रुपमा जिवन्त उदाहरण बन्नु भएको छ । यसको साथै उहाँ कृषि पर्यटन, कृषि व्यावसाय र अर्गानिक तरकारी खेतिको क्षेत्रमा पनि संलग्न रहनुभएको छ ।
कुनै पनि सफल व्यावसायको लागि पर्याप्त प्राविधिक, व्यावहारिक एवम् व्यावसायिक ज्ञान र शिप नैे पूर्वाधार हो भने विचार लाई आत्मसात गर्दै, पन्त गाईपालन बारे अनुशन्धान गर्न पन्जावको हर्याना सम्म पुग्नु भएको थियो । हर्यानामा गाईपालन सम्बन्धि आवश्यक ज्ञान तथा सिप लिई नेपाल फर्किए पश्चात हर्याना बाट नै उहाँले २० गोटा गाई आयात गरि आफ्नै गाईपालन व्यावसाय संचालन गर्न थाल्नु भयो । २७ लाखको लगानीबाट सुरुवात भएको व्यावसाय, सफलता र लोकप्रियता संगै फस्टाउने क्रममा पन्तले लगानीमा १ करोड ५० लाख सम्मको वृद्धि गर्नु भयो । आज, उहाँको व्यावसायको  कुल पुँजी करिब ४ करोड ५० रहेको छ र  उक्त फार्ममा ८० गोटा होलिस्टीन गाई रहेका छन् ।
उहाँको यो सफलता सजिलै हासिल भएको भने थिएन । व्यावसायको सुरुवाती समयमा, फर्मले सोचे जस्तो फाइदा दिन सकेको थिएन, बल्लतल्ल चालु खर्चलाई मात्र धान्ने आम्दानी गरेको थियो । तर निराशतामा पनि हरेश नमानी, उहाँ अझ बढी मेहिनेत संग फर्मलाई सफल बनाउन निरन्तर लागि रहनुभयो । उहाँकोे कडा मेहनत र परिश्रमबाट नै आजका दिन सम्म आउँदा, पन्त युवा उमेरमै आफुलाई पर्यटन र कृषि क्षेत्र, दुवैमा सफलता संगसंगै प्रशस्तै अनुभव बटुल्न सक्षम हुनु भएको छ। अनुभवले नै गर्दा, उहाँको फर्ममा प्रजननको लागि गोरुको प्रयोग नगरी कृत्रिम गर्भाधान विधि अपनाइएको छ, जसले निकै कम लागतमा पनि उतिकै आम्दानी हुने गर्छ । सो विधि लाई अझ लाभदायक बनाउन, हालसालै उहाँले गाई प्रजननका लागि लमजुङ जिल्लामा काफल बोटे कृषि फार्म संचालन गर्नुभएको छ ।
साथै, कृषि व्यावसायमा आउन चाहने नव आगन्तुकहरुलाई कृषि पुस्तिकामा मात्र निर्भर नहुन सुझाव दिनुहुन्छ । उहाँका अनुसार, कृषि क्षेत्रको बारेमा ज्ञान हासिल गर्ने मुख्य स्रोत अन्य कृषि व्यावसाय सुरु गर्दै गरेका तथा स्थापित उद्यमी संग परामर्श लिने तथा उनिहरुले गर्दै गरेका व्यावसायिक योजना बारेमा गहन अध्ययन गर्नु नै हो । पन्त भन्नुहुन्छ, “एक उद्यमी बन्न इच्छुक व्यक्तिले व्यावसायमा आउनुभन्दा पहिले प्रशस्त अनुसन्धार तथा गहन अध्ययन गर्नुपर्दछ ।” अन्त्यमा, एक सफल उद्यमी बन्नका लागि कहिल्यै हार नमानी सदैव् आफ्नो लक्ष्यमा केन्द्रित भई काम गर्नुपर्छ भन्ने सुझाव समेत दिनुहुन्छ ।
श्री प्रदिप राज पन्त जस्तै तपाई पनि पुर्व प्राविधिक, व्यावहारिक एवम् व्यावसायिक ज्ञान बाट कृषि व्यावसाय सुरु गरि एक सफल उधमी बन्न सक्नु हुन्छ । एसका लागि पन्त र पन्त जस्तै सफल व्यवसायीकै फार्ममा बसी गाई पालन लगाएत कुखुरा पालन, बाख्रा पालन, सुँगुर पालन,  च्याउ खेति र तरकारी खेतिमा नि: शुल्क तालिम लिन सक्नु हुन्छ । थप जानकारी र आवेदनका लागि ०१६२१९८६६ मा सम्पर्क गर्न सक्नुहुन्छ  ।
Advertisements

जे.वि. कृषि तथा पशुपालन प्र.लि.को एक प्रेरणादायी यात्रा

नेपालको समग्र कृषि बजारमा उत्पादनको माग असिमित छ तर गुणस्तरिय वस्तु र उचित मूल्यमा कृषिजन्य वस्तुको उपलब्धता भने सिमित रहेको छ । यस कृषिजन्य बस्तु तथा सेवामा रहेको माग र पुर्ति विच रहेको अन्तरलाई सफलताको सुचकको रुपमा लिएर श्री श्याम कुमार श्रेष्ठ, श्री मोहन मल्ल र अन्य तीन साथिहरु मिलेर वि.स.२०६० मा जे.वि. कृषि तथा पशुपालन प्र्रा.लि. नाममा एक साझेदारी फर्म स्थापना गरेका थिऐ । हाल उक्त फर्ममा बाख्रापालन, गाईपालन, कुखुरापालन र तरकारी खेति संचालनमा रहेको छ । सरकारको युवा स्वरोजगार कार्यक्रम मार्फत २ लाखको सहयोग रकमबाट यस फर्मको स्थापना भएको थियो । प्रारम्भिक समयमा कुखुरापालन व्यावसाय गरेको फर्मले पछी लगानी विस्तार गर्दै गाईपालन पनि संचालन गरेको थियो । साथसाथै, हाल लगानि विस्तार गर्ने क्रममा बाख्रापालन र तरकारी खेति समेत सफलतापूर्वक संचालनमा गर्दै आएको छ ।
तथापी, उनिहरुलाई यस सफलता सम्म आउन त्यति सजिलो भने थिएन । भुकम्पले उनिहरुको बाख्रा फर्म पूर्ण रुपले भत्काउनुको साथै १५० बाख्रा मारेको थियो । उनिहरुले बाख्रापालन गरिरहेको जग्गा लिएर पनि विवाद आयो । जसले गर्दा ठुलो नोक्सान व्यहोर्नु परेको थियो र फर्म लगभग बन्द हुन लागेको थियो। तर, हरेस नमानी त्यसपश्चात बाख्रा फर्मलाई सुन्दरीजल बाट रामकोटमा सार्ने निर्णय भयो ।
साच्चै, जुन कठिनाइ र चुनौतिका विच पनि आफ्नो आशालाई जिवित राख्दै व्यावसायलाई पुन संचालनमा ल्याउनु एक जित समान थियो । आज, काठमाडौँको रामकोटमा अवस्थित उक्त फर्मले २६ रोपनी जग्गा भाडामा लिएर ६ रोपनी जग्गामा बाख्रापालन र बाँकी २० रोपनी जग्गामा त्।रकारी खेति र कुखुरापालन गर्दै आएको छ । हाल, फर्ममा ७० बाख्रा, १५ गाई, ३०० कुखुरा र तरकारी खेती रहेको छ । रामकोट अवस्थित बाख्रा फार्मको हालको कुल पुँजी करिव १ करोड ५० लाख पुगेको छ ।
साझेदारमा एकदमै समर्पित र कुशल युवाहरु संलग्न रहेका कारण, नोक्सान भएको रकम पुर्ति हुने र आउने समयमा फर्म नाफामा जाने कुरामा श्रेष्ठ निर्धक्क हुनुहुन्छ । नोक्सानको कारण निराश हुनुभन्दा, श्रेष्ठ र उहाँको साथिहरु फर्मको सफलताकाृे लागि कठिन कामहरु गर्न कहिल्यै पछि परेनन । उनिहरुको काम प्रतिको यो लगनशिलता, एक अर्का बिचमा रहेको विश्वास र साथले गर्दा यात्रा दिगो रहनेमा दुई मत छैन । श्रेष्ठ भन्नुहुन्छ, “सफलताको बाटो सहज त छैन, एक कृषकले कर्मशिल भई काममा लागेमा सफलता त्यति टाढा पनि छैन।” एउटा फर्म चलाउदा चुनौति र असफलताको कारण कहिलेकाही निराशा लाग्न सक्छ तर काम प्रति दृढ भएर लागेमा जस्तोसुकै चुनौतिको सामना गर्न सकिने श्रेष्ठ बताउदछन । सुरुमा काम गर्न गाह्रो भएतापनि पछि विस्तारै क्रमश राम्रो र रोचक लाग्ने श्रेष्ठको बुझाइ छ । श्रेष्ठ र उनको साझेदारहरु को विश्वास छ कि सफलताको लागि असफल हुन जरुरी छ किनभने त्यही असफलता बाटै मान्छेले पाठ सिक्न सक्छ ।

कृषि तथा पशुपालन नेपालको समृद्ध आर्थिक एवं दिगो विकासको प्रमुख आधार

० लोकराज भुसाल
नेपाल अपार जलश्रोत, जैविक विविधता तथा विविध भौँगोलिक वनावट एवं हावापानी उपलब्ध र प्राकृतिक साधनश्रोतहरूको प्रचुर उपलब्धता भएको संसारको सार्वभौँम, स्वतन्त्र मुलुक हो । राजनैतिक ढङ्गले लामो समयसम्म सामन्तवादी व्यवस्था र सोही अनुसारको अर्थव्यवस्था सीमित रहेको मूलतः पुरातन आर्थिक, सामाजिक अवस्थाबाट गुज्रिरहेको देश हो । खासगरी २०४६, २०६२–६३ सालको महान् जनआन्दोलन जस्ता नेपाली जनताको सशक्त विद्रोहबाट पुरातन राजनैतिक व्यवस्थामा परिवर्तन ल्याउन सफल भए पनि राजनैतिक दलहरूको उच्च स्तरको सोचाइ, राष्ट्रिय भावनाको कमी र अदूरदर्शी राजनैतिक नेतृत्वका कारणले महान् जनआन्दोलन २०६२–६३ का उपलब्धिहरूलाई संस्थागत गर्ने काम हुन सकेको छैन ।  लोकतान्त्रिक संविधान संविधान सभाबाट निर्माण हुन नसक्नुले राजनैतिक सङ्क्रमण कालीन अवस्थामा देश गुज्रिनु परेको छ । सङ्क्रमण कालीन परिस्थिति र राजनैतिक असमझदारीका कारण वर्षेनी विनियोजन पूर्ण बजेटसम्म जारी हुन सकेको छैन । यसबाट राजनैतिक परिवर्तनपछिको अपेक्षाकृत सामाजिक, आर्थिक परिवर्तनको मार्गमा फलामे अवरोध खडा भएको छ ।
नेपालले खासगरी २०४६ सालको जनआन्दोलनपछि खुला अर्थतन्त्रको नीति अवलम्बन गर्दै आइरहेको छ । पछिल्ला आर्थिक वर्षमा सरकारले अर्थनीतिमा सरकारी, सरकारी तथा निजी साझेदारी र सहकारीमा आधारित ३ खम्बे अर्थनीतिलाई प्रोत्साहन दिने बताएको छ । सहकारीको विकासमा केही हदसम्म परिवर्तन आएता पनि सहकारिताको मूल सिद्धान्तमा बीचलित भई केही पँहुचवालाहरूले आपूm अनुकुल वातावरण सृजना गरेको देखिन्छ । 
यद्यपि ५,८५४ भन्दा बढी सहकारी संस्थाहरू कृषि तथा पशुपालन व्यवसायसँग संलग्न छन् । जसमध्ये १,७७४ दुग्ध, ३,६१२ कृषि, १७८ चिया कफी, १७४ तरकारी तथा फलपूmल र मौँरीपालनमा ५४ र जडीबुटी उत्पादन तथा सङ्कलनमा ८९ सङ्ख्यामा सहकारीहरू क्रियाशील रहेका छन् । यस क्षेत्रमा ९,८१,२६३ (हजार) शेयर पुँजी र १४,४७,०३२ (हजार) निक्षेप सङ्कलन गरी २७,५८,३६८ (हजार) विभिन्न उत्पादन क्षेत्रमा लगानी गरी सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । यस अभियानमार्फत्् २,५०,८२९ जना पुरूष तथा १,७६,४४९ जना महिला गरी ४,२७,२७८ जना सदस्यहरू सहकारीमा संलग्न छन् । साथै उक्त सहकारी अभियानमार्फत्् ५६०२ जनाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् । यसरी सहकारी रोजगारीमा महिलाको सहभागिता ३३ प्रतिशत रहेको छ । उपर्यु अभियानमार्फत्् कृषि तथा पशुपालन  व्यवसायलाई उत्पादनमुखी, आय आर्जन र रोजगारमुखी बनाउन प्रयासरत देखिन्छ । सहकारीलाई व्यवस्थित गर्न सके नेपालको समग्र कृषक परिवारलाई सहकारीकरण गर्न सकिने र सामूहिक ढङ्गबाट कृषि तथा पशुपालन व्यवसायलाई मुख्य आधार बनाउन सकिने प्रायः निश्चित देखिन्छ ।
भौँगोलिक बनावटको हिसाबले हिमाल, पहाड र तराई गरी तीन प्रदेशमा विभक्त मुलुकमा जनसङ्ख्या करिब २ करोड ६५ लाखमध्ये क्रमशः तराईमा ५० प्रतिशत, पहाडमा ४५ प्रतिशत र हिमालमा ५ प्रतिशतको हाराहारीमा बसोवास गर्दछन् । करिब ८० प्रतिशत जनता कृषि तथा पशुपालन व्यवसायमा संलग्न छन् भने करिब ६६ प्रतिशत जनता यस व्यवसायमा निर्भर छन् । यसरी यहाँको अर्थव्यवस्थामा आय आर्जन र रोजगारीको मुख्य मेरूदन्ड नै कृषि तथा पशुपालन व्यवसाय हो । कृषि व्यवसायमा महिलाको करिब ७२ प्रतिशत र पुरूषको ६० प्रतिशत योगदान रहेको छ ।
कृषि तथा पशुपालन क्षेत्रमा राष्ट्रको लगानीको वर्तमान अवस्थालाई विश्लेषण गर्दा समग्र विकास बजेटमध्ये वार्षिक सरदर ३ प्रतिशत मात्र विनियोजन गरिएको देखिन्छ । प्रचारात्मक रूपमा कृषिलाई प्रथमिकतामा राखे पनि बजेट तथा कार्यक्रम विनियोजन गर्दा करिब १५ अरबभित्रै समग्र कृषि क्षेत्रमा छुट्टाइएको र सो रकमको करिब ७५ प्रतिशत बजेट प्रशासनिक खर्च र बाँकी २५ प्रतिशत अत्यन्त न्यून बजेट मात्र विकास कार्यक्रमको लागि खर्चिन्छ । त्यो पनि अपारदर्शी तथा कमजोर व्यवस्थापनका कारणले पूर्ण रूपमा सदुपयोग भई सेवाग्राही कृषक समुदायको गोठ, घर र आँगनमा पुग्दा प्रायः शुन्य देखिन्छ ।
उपर्युक्त बजेट विनियोजनबाट समग्र पशुपालन क्षेत्रको विकास, तथा महामारीजन्य रोग नियन्त्रण तथा मानव स्वास्थ्यका लागि खाद्य सुरक्षा, संरक्षण र खाद्य सम्प्रभुताको ग्यारेन्टी गर्ने कार्यलाई राज्यले महत्व दिन सकेको देखिँदैन । सन् २००१÷०२ को खर्चको आँकडा हेर्दा कृषि, सिञ्चाइ तथा वन क्षेत्रको विकासका लागि जम्मा १८,५६८.९ (मिलियन) खर्च गरेको देखियो । सोमध्ये कृषि क्षेत्रमा ६,५८८.९ (मिलियन) तथा सिञ्चाइमा ८,६५२.१ (मिलियन) र वन क्षेत्रमा ३,३२७.९ (मिलियन) खर्च गरेको देखिन्छ । यस क्षेत्रको उत्पादन क्षमता, आवश्यकता र गार्हस्थ उत्पादनमा योगदानको हिसाबले अत्यन्त न्यून विनियोजन भएको देखिन्छ । यसैगरी बैङ्क तथा वित्तिय संस्थाहरूबाट कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि अत्यन्तै जिम्मेवारविहीन तरिकाले व्यवहार गरेको देखिन्छ । यस क्षेत्रमा सबै बैङ्कहरूमार्फत् वार्षिक जम्मा करिब ५ अरब ऋण लगानी भएको र त्यसमध्ये कृषिमा करिब २.८ अरब र पशुपालन क्षेत्रमा १.३ अरब ऋण लगानी, जुन क्रमशः ५४ र २४ प्रतिशत हुन आउँछ, गरेको छ । यो लगानी पनि अन्यन्तै न्यून हुन गएको छ । जसले पशुपालन तथा कृषि व्यवसायको व्यवसायीकरणका लागि लगानीको अभावलाई पूर्ति गर्न उक्त क्षेत्रमा लगानी वृद्धि गर्नु पर्ने आवश्यकता बताइरहेको देखाउँछ ।
उपर्युक्त सरकारी आर्थिक लगानी तथा वित्तीय ऋण लगानीका साथै सामान्य प्राविधिक सहयोग र करिब १५ प्रतिशत को नजिकमा सेवा क्षेत्रको पहुँच अर्थात् सरोकारावाला कृषक समुदायमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट दक्ष तथा अर्धदक्ष प्राविधिक जनशक्तिहरूबाट १५ प्रतिशतको हाराहारीमा सेवा प्रवाह भएको र ८५ प्रतिशत क्षेत्र सेवा प्रवाहबाट बञ्चित रहेको एवं एउटा प्राविधिक जनशक्तिबाट २–५ वटा गाविसमा प्राविधिक सेवा दिनु पर्ने वर्तमान अवस्था अत्यन्तै अव्यवहारिक, अव्यवस्थित र दयनीय रहेको देखिन्छ ।
उपर्युक्त सीमित साधनश्रोतहरूको पहँुच र प्रयोगमा मात्र सीमित रहेर पनि नेपालको कृषि तथा पशुपालन क्षेत्रबाट देशको कुल गार्हस्थ उत्पादनमा अन्यन्तै महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । सन् २०११÷१२ को तथ्याङ्क अनुसार निम्न अनुसार पाइन्छ ः
कुल गार्हस्थ उत्पादन १५,५८,१७४ (मिलियन) मध्ये कृषि तथा वनबाट ५,१०,७६० (मिलियन), मत्स्यबाट ५,००७ (मिलियन)  र गैरकृषि क्षेत्रबाट जम्मा १०,४२,४०७ (मिलियन) रहेको देखिन्छ । जसमध्ये कृषि क्षेत्रको योगदान ३५.१२ प्रतिशत देखिन्छ । उक्त ३५.१२ प्रतिशत योगदानमध्ये पशुपालन क्षेत्रबाट करिब २६ प्रतिशत देखिन्छ । समग्र पशुपालन क्षेत्रबाट राष्ट्रिय आयमा १४ प्रतिशत योगदान पु¥याइरहेको छ ।
उपर्युक्त आँकडाबाट समग्र गार्हस्थ उत्पादनको बृद्धिदर ४.९३ प्रतिशत तथा गैरकृषि क्षेत्र ४.२७ प्रतिशत रहेको देखिन्छ । कृषि क्षेत्रको २० वर्षे दीर्घकालीन योजनाको वार्षिक उत्पादन बृद्धि दर लक्षित ६ प्रतिशत रहेकोमा त्यहाँसम्म बृद्धि गर्न विद्यमान नीति, कार्यक्रम र कार्यान्वयन प्रणालीको कमजोर अवस्थाले प्रायः असम्भव भैसकेको छ ।
कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वको अवस्था
मूलतः निर्वाहमुखी अवस्थामा गुज्रिरहेको कृषि, पशुपालन व्यवसायलाई १० औँं पञ्चवर्षीय योजनादेखि क्रमशः व्यवसायमुखी, आय आर्जनमुखी एवं उत्पादन र उत्पादकत्व बृद्धि बनाउने सन्दर्भमा पाइला चालिरहेको कृषि व्यवसायबाट सरकारी उदासिनता, न्यून बजेट तथा कार्यक्रम, यथास्थितिमा रहेको प्रविधि र प्राविधिक सहयोग, कमजोर अनुसन्धान, खोज तथा अव्यवस्थित र अवैज्ञानिक व्यवस्थापकीय पक्ष, अस्थीर एवं सङ्क्रमण कालीन राजनैतिक परिस्थिति, केवल १५–२० प्रतिशत सरकारी सेवाको पहुँच, चुनौतीपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, हस्क्षेपकारी रणनीति एवं कार्यनीति, परिवेश, भूमन्डलीकरण र उदारीकरण, निजीकरण तथा कृषि क्षेत्रमा अनुदानको ब्यापक कटौती गर्ने अन्तर्राष्ट्रिय साम्राज्यवादी नीति अनुरूपका बहुराष्ट्रिय कम्पनी तथा एजेन्सीहरू विश्व व्यापार सङ्गठन, एसियाली विकास बैङ्क, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषको हस्तक्षेपकारी आर्थिक एवं उत्पादन तथा व्यापार सम्बन्धी नीति र विस्तारवादी कार्यक्रमबाट परेको प्रत्यक्ष प्रभाव, साम्राज्यवादी मुलुकबाट सञ्चालनमा ल्याइएका आणविक कलकारखानाबाट उत्सर्जन भएका हानिकारक ग्याँसहरूबाट वातावरण र पर्यावरणमा आएको परिवर्तन जस्ता विभिन्न फलामे चुनौतीहरूको बीचबाट सङ्घर्षरत नेपाली कृषि तथा पशुपालन व्यवसायीहरूको अभूतपूर्व योगदानका कारण कृषि क्षेत्रको उत्पादनको अवस्था निम्नानुसार देखिन्छ ः
सन् २०११÷१२ को तथ्याङ्क अनुसार,
धान, मकै, गहँु, जौँ, कोदो जस्ता खाद्यान्न बालीको उत्पादन जम्मा ९,४५७ (ह.मे.ट.), उखु, जुट र तेल वाली जस्ता नगदे वालीको उत्पादन ५,७४६.२ (ह.मे.ट.), तरकारी तथा फलपूmल वालीको उत्पादन ४,२८६ (ह.मे.ट.) उत्पादन भएको देखिन्छ । 
त्यसैगरी पशुपालन व्यवसायबाट, दूध १,६२२ (ह.मे.ट.), मासु २८८ (ह.मे.ट.), माछा ५४.३६ (ह.मे.ट.), उन ५८७ (मे.ट.) र अन्डा ७८.७० करोड गोटा उत्पादन भएको देखिन्छ । समग्र कृषि तथा पशुजन्य उत्पादनको अध्ययन गर्दा मानव भोजनमा पाचनयोग्य, ग्रहणयोग्यको तुलना गर्दा उत्पादन ५,५१३ (ह.मे.ट.) र आवश्यकता ५,०७० (ह.मे.ट.) रहेको, जसबाट बचत ४४३ (ह.मे.ट.) देखिन्छ । यो सामान्य सकारात्मक स्थिति हो ।
विश्व स्वास्थ्य सङ्गठनले बनाएको मापदन्ड अनुसार प्रति व्यक्ति दैनिक न्यूनतम २५० एम.एल. दुधको आवश्यकता पर्दछ । जबकि नेपालमा हाल १६८ एम.एल. उपलब्ध भै प्रतिदिन÷ब्यक्ति ८२ एम.एल. कमी देखिन्छ । जुन करिब २१,७३,००० लिटर÷दिन अपुग भएको र ७,९३,१४५ (ह.मे.ट.) दुध अर्थात् प्रतिब्यक्ति सरदर २१.९३ लिटर÷वर्ष अपुग भएको देखिन्छ । यसरी दुधको आवश्यकता अनुसार उत्पादन बृद्धि गर्न अति आवश्यक देखिन्छ ।
यसैगरी १० औँं योजनाले लक्षित गरेको न्यूनतम आधारभूत आवश्यकता (मापदन्ड) प्रतिब्यक्ति÷वर्ष ५७ लि. दुध, १४ के.जी. मासु र ४८ गोटा अन्डा निर्धारण गरेकोमा हालसम्म आउँदा क्रमशः ५ लि. दुध ४ के.जी. मासु तथा २४ गोटा अन्डा÷ब्यक्ति÷वर्ष अपुग भएको देखिन्छ ।
यसरी न्यूनतम निर्धारित आवश्यकता लक्ष पूरा गर्न पनि पशुपञ्क्षीजन्य उत्पादन क्षेत्रमा प्रशस्त मात्रामा आवश्यकता र सम्भावना रहेको देखिन्छ । उपर्युक्त लक्ष पूरा गर्नका लागि करिब १,०६,००० (मे.ट) मासु, १,३२,५०० (मे.ट) दुध, ६३,६०,००,००० गोटा अन्डा वार्षिक आवश्यकता पूर्ति गर्न उत्पादनका लागि सम्भावित क्षेत्र रहेको उज्वल भविष्य हाम्रो सामु अवस्थित छ ।
माथिका दैनिक आवश्यकता परिपूर्ति गर्नका लागि हाल नेपालका छिमेकी राष्ट्र भारत तथा अन्य मुलुकहरूबाट प्रशस्त मात्रामा खाद्यान्न तथा दुध, फुल, मासुजन्य खाद्यवस्तुहरूको आयात भइरहेको छ । यसका लागि करिब १ लाखभन्दा बढी भैँसी÷राँगा, करिब ८–१० लाख खसी÷बोका, च्याङ्ग्रा तथा हजारौँ मे.ट. माछा तथा हजारौँ मे.ट. मासु पैठारी गरिन्छ । जसबाट वार्षिक ३० अरब बराबर आर्थिक ब्ययभार राष्ट्रले ब्यहोर्नु परिरहेको छ । वार्षिक करिब १६ अरब मासुमा, ८ अरब दुधमा, ३ अरब औँषधिमा र ३ अरब दाना आहारमा खर्च भै उच्च परिमाणमा पशुजन्य पदार्थको पैठारी ब्ययभार बढ्न गएको छ । जसले छिमेकी मुलुकसँगको आर्थिक सन्तुलन समेत असामान्य बढाएको छ । 
त्यसैगरी उच्च परिमाणमा तरकारी, फलपूmल, मसला, तेलहन तथा लहसुन, प्याज, खुर्सानी तथा विभिन्न वाली तरकारीका वीउविजनको अरबौँको हिसाबमा पैठारी गरिएको छ । यसबाट राष्ट्रिय लगानीको अधिक हिस्सा बैदेशिक कृषिजन्य, पशुजन्य पदार्थको आपूर्तिमा खर्चिनु परेको छ । यसबाट सहजै अनुमान र्न सकिन्छ कि नेपालमा आवश्यकता अनुसारको कृषि तथा पशुजन्य उत्पादनको उत्पादनमा अभिवृृद्धि गर्नु पर्ने आवश्यकता देखिन्छ ।
कृषि तथा पशुपालन व्यवसायमा व्यवसायीकरणको सम्भावना
माथि उल्लेखित आँकडाहरूबाट के देखिन्छ भने नेपालमा देशको आवश्यकता आधारित कृषि तथा पशुजन्य उत्पादनको दैनिक माग बढ्दो छ भने उत्पादनबाट पूर्ति हुन सकिरहेको छैन । तसर्थ आपूर्तिका लागि परनिर्भरता बढेको छ । यसलाई परिवर्तन गरी आत्मनिर्भर बन्नका लागि एक मात्र मुख्य मार्ग पुरातन तथा यथास्थितिमा रहेको कृषि तथा पशुपालन व्यवसायमा परिवर्तन गरी व्यापक रूपमा व्यवसायीकरण गरी आयआर्जन, रोजगारी र उत्पादन क्षमतामा बृद्धि गर्नु पर्ने आवश्यकता र सम्भावना हाम्रा सामु छ ।
बढ्दो बेरोजगारीका कारण पनि व्यवसायीकरण तथा कृषि औद्योगीकरणको अभावका कारणले हो । देशको राष्ट्रिय नीति बैदेशिक रेमिट्यान्समा आधारित हुनु दुर्भाग्य हो । बौद्धिक तथा शारिरिक क्षमता भएका युवा जनशक्तिको बैदेशिक रोजगारीमा बाहिरिने अवस्था मुलुकको आर्थिक सामाजिक परिवर्तनका लागि तत्काल र दीर्घकालीन दुवै रूपमा अत्यन्तै प्रतिकुल हो । यस परिस्थितिलाई बदल्नका लागि देशभित्र सिपयुक्त व्यवसायिक शिक्षा, तालिमको व्यवस्था गरी दक्ष, अर्धदक्ष जनशक्तिलाई देशमा उपलब्ध जल, जमिन, जडीबुटी, जङ्गल, जराजुरी, जलवायुलाई व्यवस्थित ढङ्गले मानवीय साधनश्रोतको संयोजन गरी कुशल व्यवस्थापनमा कृषि तथा पशुपालन व्यवसायमा व्यापक व्यवसायीकरण, सहकारीकरण गराउनु आजको आवश्यकता तथा आर्थिक समृद्धिको राजमार्ग हो ।
कृषि तथा पशुपालन व्यवसायमा व्यवसायीकरणको शृङ्खला हाल आएर केही हदसम्म परिवर्तनको दिशामा अगाडि बढेको देखिछ† जसमा बैदेशिक रोजगारीबाट फर्किएका दुनियाँका विभिन्न विकसित व्यवसायमा संलग्न भै व्यवहारिक ज्ञान प्राप्त युवाहरूमा देखिएको छ । आफ्नै देशमा पनि व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ । यो सराहनीय पक्ष हो । तर यति मात्रले पुग्दैन । यसलाई व्यवस्थित गर्न राजनैतिक पार्टीको सोचाइमा परिवर्तन, शिक्षित जनशक्तिको सोचाइमा परिवर्तन र नयाँ सोचका साथ कार्यक्षेत्रमा कार्ययोजना सहित प्रभावकारी कार्यान्वयन जरूरी छ ।
नगदे वाली, तरकारी तथा बेमौसमी तरकारी खेती, मसला वालीहरू, आलु, अदुवा, लहसुन, प्याज, हलेदो तथा अमृसो खेती, विभिन्न फलफूल खेती, पुष्प खेती, मौरीपालन, माछा पालन, कुखुरा पालन, गाई÷भैसी पालन, बाख्रा पालन, भेडा पालन, हाँस–लौँकाट तथा खरायो पालन व्यवसायमध्ये भौँगोलिक बनावट, उपलब्ध साधन, श्रोत र सुविधा अनुसार एउटा वा एकभन्दा बढी व्यवसायमा उत्पादनमुखी व्यवसायीकरण आयोजना सञ्चालन गर्न सकिन्छ । यसलाई उत्पादन योजना बनाई पुरानो सानो इकाईको उत्पादन प्रणालीमा परिवर्तन गरी ठूलो मात्रामा काम थालनी गर्नु पर्दछ† जसले गर्दा उत्पादन लागत र उत्पादन साधन, श्रोतमा बचत हुन गै  कम लागतमा उत्पादन क्षमतामा बृद्धि गराउन सकिन्छ । 
उदाहरणका लागि एउटा गाई पालन गर्ने ठाउँमा कम्तिमा ५ वटा गाई, १÷२ वटा बाख्रा पालन गर्ने ठाउँमा कम्तिमा १०–१५ वटा बाख्रा पाल्न सके एउटा परिवारलाई आम्दानी र रोजगारीको कुनै समस्या पर्दैन । त्यसैगरी कम्तिमा १,००० भन्दा माथि २,०००, ५,०००, १०,००० ब्रोइलर कुखुरा पालन गर्ने पद्धति अवलम्बन गर्न सके सजिलैसँग परिवारको व्यवस्थापन गर्न सक्षम भइन्छ । त्यसैगरी कृषि क्षेत्रमा पनि केही परिवर्तन गरि एकै प्रकारको खेती वा तरकारी÷फलपूmल कम्तिमा १ हेक्टर जमिनमा व्यवस्थित गर्न सकेमा आम्दानीको भरपर्दो अवस्था, रोजगारीको सृजना हुन सक्दछ ।
उपर्युक्त विभिन्न व्यवसायिक योजनाको छनौट गरी आफ्नो गाउँ आफ्नो क्षेत्रमा व्यवसायीकरणका लागि सबै सचेत युवा, कृषक राजनीतिकर्मी, शिक्षक, पत्रकारको एकीकृत व्यवसायिक चेतना अभियानको थालनी सहकारी तथा साझेदारी प्रणालीबाट गर्न सम्भव छ र गरिनु पर्दछ । त्यसका साथै सरकारी नीतिमा व्यापक रूपमा परिवर्तन गराई प्राथमिकताका साथ कृषि क्षेत्रको राष्ट्रिय आयमा योगदान अनुरूप लगानीमा वृद्धि अनिवार्य गरी पहिलो प्राथमिकतामा नीति, कार्यक्रम र बजेटको विनियोजन गरी कृषि तथा पशुपालन व्यवसायलाई ब्यापक रूपमा व्यवसायीकरण, बजारीकरण र रोजगारमुलक बनाउनु पर्छ । यो कार्य गर्न नेपालमा प्रशस्त सम्भावना छ । माथिका यी अत्यन्तै महत्वपूर्ण कार्यभारलाई कुशल ढङ्गले सम्पादन गर्नका लागि अविलम्ब निम्न अनुसारका विषयहरू प्राथमिकताका साथ सरकारले कार्यान्वयन गर्नु पर्दछ र कृषि क्षेत्रमा सरोकार राख्ने, विज्ञ, प्राविधिक, प्रशासक, व्यवस्थापक, सहकारी, उद्यमी एवं कृषक सञ्जालहरूको एकीकृत अभियान निर्माण गरी यस क्षेत्रको व्यवसायीकरण गर्नका लागि अति आवश्यक तपसिलका विषयहरूलाई नीति र कार्यक्रममा समावेश गराउन आवश्यक दवाव, अभियान सञ्चालन गरिनु पर्दछ । ती प्राथमिक कार्यभारहरू तपसिल अनुसारका छन् ।
१) कृषि र पशुपालन क्षेत्रको विकासका लागि सरकारले पहिलो प्राथमिकतामा राखी सम्मानजनक, मर्यादित पेशाको राष्ट्रिय योजना घोषणा गरिनु पर्दछ ।  त्यसका साथै समग्र पशुपालन व्यवसायको व्यवसायीकरणका लागि राष्ट्रिय पशुपालन नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइनु पर्दछ । २) कृषि तथा पशुपालन व्यवसायलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य अङ्ग बनाई यस क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन र अल्पकालीन नीति कार्यान्वयन गर्न कृषि क्रान्तिको घोषणा गराउनु पर्दछ । यसमा जमिनको उपयोग, वित्तीय सहयोग, अनुदान, प्रविधि समेटनु पर्दछ ।३) राष्ट्रिय गार्हस्थ आयमा यस क्षेत्रले पु¥याएको योगदानको आधारमा वार्षिक न्यूनतम ३० प्रतिशत बजेट विनियोजन गर्नु पर्दछ । ४) कृषि तथा पशु विकासका लागि सिपमूलक दक्ष जनशक्तिको विकास गराउन विश्वविद्यालयदेखि विद्यालय तहसम्म व्यवशायिक शिक्षाको विकासका लागि शैक्षिक कार्यक्रम ल्याइनु पर्दछ । ५) कृषि तथा पशुजन्य उत्पादनको राष्ट्रिय बिमा कार्यक्रम सञ्चालन गरिनु पर्दछ र उक्त बिमा शुल्क सरकारले अनुदान दिनु पर्दछ । ६) बैङ्क तथा वित्तीय संस्थाहरूबाट यस क्षेत्रको विकासका लागि प्राथमिकतासाथ न्यून ब्याज दरमा आवश्यकता अनुसार सर्वसुलभ ऋण लगानी अनिवार्य र अविलम्ब गरिनु पर्दछ । ७) उत्पादित कृषि तथा पशुजन्य पदार्थको सम्मानजनक मूल्यको ग्यारेन्टी तथा वितरणका लागि बजार ब्यवस्थित गराई उत्पादक र उपभोक्ताको हितमा सञ्चालन गरिनु पर्दछ । यसका लागि सबै खालका अपारदर्शी बिचौलियाहरूको अन्त्य गरी उत्पादक कृषककै सहभागितामा गठित सहकारी संस्थाको माध्यमबाट बजार ब्यवस्था मिलाइनु पर्दछ । ८) “एक गाउँ एक उत्पादन” को व्यवसायीकरण गराउनका लागि अनिवार्य रूपमा प्रत्येक गाविसमा कृषि तथा भेटेरिनरी प्राविधिक व्यवस्था गराई सामुदायिक कृषि तथा पशु सेवा कार्यक्रम सञ्चालन गरिनु पर्दछ । ९) उन्नत बिउ, प्राङ्गारिक मल, रासायनिक मल, तथा आवश्यक आधुनिक प्रविधि, दक्ष जनशक्तिको प्रचुर पहुँच सर्वसुलभ बनाउनु पर्दछ । १०) सहकारीको माध्यमबाट सम्पूर्ण कृषकहरूलाई विविध उत्पादनका कार्यहरूमा परिचालन गराउनु पर्दछ । यसमा खासगरी युवा जनशक्तिको सशक्त परिचालन गराउनु पर्दछ ।
कृषि तथा पशुपालन विषयका विभिन्न क्षेत्रमा उत्पादन व्यवसायलाई व्यवसायीकरण गराउनु आजको महत्वपूर्ण जिम्मेवारी हो । यसो गर्न सकेमा देशमा रहेको बढ्दो बेरोजगारीको अन्त्य, आत्मनिर्भरता तथा कृषि तथा पशुजन्य उत्पादनको पैठारीमा प्रतिस्पर्धा, निकासीमा प्रवद्र्धन हुन सक्दछ । यसरी प्रभावकारी कार्यान्वयन गर्न सके यस क्षेत्रको व्यवसायीकरणबाट आगामी १०–१५ वर्षभित्र समृद्ध र राष्ट्रिय अर्थतन्त्रको मुख्य अङ्ग भै ग्रार्हस्थ उत्पादनमा यस क्षेत्रबाट ५० प्रतिशतसम्म योगदान पु¥याउने निश्चित छ । यो उज्वल भविष्यलाई हामीहरू सबै सरोकारवाला विज्ञ, प्राविधिक, उद्यमी कृषक, व्यवसायी, राजनैतिक क्षेत्रमा क्रियाशील व्यक्ति एवं देशको नीति निर्माण र ब्यवस्थापकीय क्षेत्रमा क्रियाशील नीति निर्माणकर्ताहरूले यसलाई अत्यन्तै प्राथमिकताका साथ आत्मसात गर्नु पर्दछ । यो व्यवसायको स्तरोन्नति गराउन जीवनमरणको सवाल बनाई यसलाई राष्ट्रिय गौरवको बिषय बनाउनु पर्दछ । सबैले एकीकृत सङ्कल्प गर्न सके समृद्ध अर्थतन्त्रका लागि कृषि तथा पशुपालन व्यवसायको व्यवसायीकरण एउटा मुख्य मार्ग बनाउनु सम्भव छ र सकिन्छ । राष्ट्रिय सङ्कल्पका साथ यस महान कार्यलाई अगाडि बढाउँ र बेरोजगारीबाट बिचल्लीमा परेको युवा जनशक्तिलाई यस क्षेत्रमा संलग्न गराउँ । रोजगारीको सृजना गराउन र आय आर्जनमूलक तथा आत्मनिर्भर स्वावलम्बी व्यवसायमा युवाहरूको योगदानलाई सम्मान गरौँ । बैदेशिक रोजगारीको बढ्दो समस्यालाई निरूत्साहित गरौँं । आत्मनिर्भर हुनका लागि व्यवसायिक कृषि तथा पशुपालन व्यवसायमा संलग्न बनौँं । यिनै सकारात्मक कार्यहरूबाट नै हाम्रो प्यारो राष्ट्र नेपालको गौरवलाई संसारसामु चिनाउन सक्नेछौँं ।
सन्दर्भ १) ःष्लष्कतचथ या ब्नचष्अगतिगचभ म्भखभयिऊभलत ९ःइब्म्०, क्भभिअतभम क्ष्लमष्अबतयच या  ल्भउबभिकभ ब्नचष्अगतिगचभ बलम एयउगबितष्यल द्दण्ज्ञद्द। २) नहेन्द्र खड्का, २०६८, नेपालमा कृषि क्रान्ति र युवा किसान । ३) लोकराज भुसाल, २०६८, भूमन्डलीकरणले नेपालको कृषि क्षेत्रमा पारेको प्रभाव । चिदजगकब२िनmबष्।िअयm
(लेखक नेपाल पाराभेटेरिनरी एन्ड लाइभष्टक एसोसियसनका पूर्व अध्यक्ष तथा पेशागत महासङ्घ नेपालका केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।)