डेस्टिनेशन टुर एण्ड ट्राभल नामक संस्थाका निर्देशक, श्री प्रदिप राज पन्त लाई कृषि व्यवसायले निकै लोभ्याउथ्यो । यसमाथि जनसंख्या वृद्धि संगै नेपाली बजारमा दुग्ध र दुग्धजन्य वस्तुहरुको माग बढ्दै गैरहेका देख्दा, यस क्षेत्रमा पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने सोचका साथ पन्तले डेस्टिनेशन एग्रो फार्मको सुरुवात गर्नु भएको थियो । तर सुरुवाती दिनहरुमा उहाँको उत्साह प्रति साथीभाईहरुको प्रोत्साह भने न्युन थियो, मात्र थियो त परिवारको साथ र उहाँकोे सफल कृषि व्यावसायी बन्ने अठोट । कतिपय ले त दिनहु भन्ने गर्दथे, “कृषि क्षेत्र तिम्रो लागि होइन, र यसमा तिम्रो भविष्य पनि छैन,” तर विगत ५ वर्षदेखीे एकिकृत फार्म सफलता पूर्वक संचालन गर्दै आउँदा, अहिलेको नेपाली कृषि क्षेत्रमा उहाँ एक सफल कृषि व्यावसायीको रुपमा जिवन्त उदाहरण बन्नु भएको छ । यसको साथै उहाँ कृषि पर्यटन, कृषि व्यावसाय र अर्गानिक तरकारी खेतिको क्षेत्रमा पनि संलग्न रहनुभएको छ ।
कुनै पनि सफल व्यावसायको लागि पर्याप्त प्राविधिक, व्यावहारिक एवम् व्यावसायिक ज्ञान र शिप नैे पूर्वाधार हो भने विचार लाई आत्मसात गर्दै, पन्त गाईपालन बारे अनुशन्धान गर्न पन्जावको हर्याना सम्म पुग्नु भएको थियो । हर्यानामा गाईपालन सम्बन्धि आवश्यक ज्ञान तथा सिप लिई नेपाल फर्किए पश्चात हर्याना बाट नै उहाँले २० गोटा गाई आयात गरि आफ्नै गाईपालन व्यावसाय संचालन गर्न थाल्नु भयो । २७ लाखको लगानीबाट सुरुवात भएको व्यावसाय, सफलता र लोकप्रियता संगै फस्टाउने क्रममा पन्तले लगानीमा १ करोड ५० लाख सम्मको वृद्धि गर्नु भयो । आज, उहाँको व्यावसायको कुल पुँजी करिब ४ करोड ५० रहेको छ र उक्त फार्ममा ८० गोटा होलिस्टीन गाई रहेका छन् ।
उहाँको यो सफलता सजिलै हासिल भएको भने थिएन । व्यावसायको सुरुवाती समयमा, फर्मले सोचे जस्तो फाइदा दिन सकेको थिएन, बल्लतल्ल चालु खर्चलाई मात्र धान्ने आम्दानी गरेको थियो । तर निराशतामा पनि हरेश नमानी, उहाँ अझ बढी मेहिनेत संग फर्मलाई सफल बनाउन निरन्तर लागि रहनुभयो । उहाँकोे कडा मेहनत र परिश्रमबाट नै आजका दिन सम्म आउँदा, पन्त युवा उमेरमै आफुलाई पर्यटन र कृषि क्षेत्र, दुवैमा सफलता संगसंगै प्रशस्तै अनुभव बटुल्न सक्षम हुनु भएको छ। अनुभवले नै गर्दा, उहाँको फर्ममा प्रजननको लागि गोरुको प्रयोग नगरी कृत्रिम गर्भाधान विधि अपनाइएको छ, जसले निकै कम लागतमा पनि उतिकै आम्दानी हुने गर्छ । सो विधि लाई अझ लाभदायक बनाउन, हालसालै उहाँले गाई प्रजननका लागि लमजुङ जिल्लामा काफल बोटे कृषि फार्म संचालन गर्नुभएको छ ।
साथै, कृषि व्यावसायमा आउन चाहने नव आगन्तुकहरुलाई कृषि पुस्तिकामा मात्र निर्भर नहुन सुझाव दिनुहुन्छ । उहाँका अनुसार, कृषि क्षेत्रको बारेमा ज्ञान हासिल गर्ने मुख्य स्रोत अन्य कृषि व्यावसाय सुरु गर्दै गरेका तथा स्थापित उद्यमी संग परामर्श लिने तथा उनिहरुले गर्दै गरेका व्यावसायिक योजना बारेमा गहन अध्ययन गर्नु नै हो । पन्त भन्नुहुन्छ, “एक उद्यमी बन्न इच्छुक व्यक्तिले व्यावसायमा आउनुभन्दा पहिले प्रशस्त अनुसन्धार तथा गहन अध्ययन गर्नुपर्दछ ।” अन्त्यमा, एक सफल उद्यमी बन्नका लागि कहिल्यै हार नमानी सदैव् आफ्नो लक्ष्यमा केन्द्रित भई काम गर्नुपर्छ भन्ने सुझाव समेत दिनुहुन्छ ।
श्री प्रदिप राज पन्त जस्तै तपाई पनि पुर्व प्राविधिक, व्यावहारिक एवम् व्यावसायिक ज्ञान बाट कृषि व्यावसाय सुरु गरि एक सफल उधमी बन्न सक्नु हुन्छ । एसका लागि पन्त र पन्त जस्तै सफल व्यवसायीकै फार्ममा बसी गाई पालन लगाएत कुखुरा पालन, बाख्रा पालन, सुँगुर पालन, च्याउ खेति र तरकारी खेतिमा नि: शुल्क तालिम लिन सक्नु हुन्छ । थप जानकारी र आवेदनका लागि ०१६२१९८६६ मा सम्पर्क गर्न सक्नुहुन्छ ।
Advertisements
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें